डिभी बन्द गर्ने गरी ट्रम्पले नयाँ नीति ल्याउँदै | Khabarhub Khabarhub

डिभी बन्द गर्ने गरी ट्रम्पले नयाँ नीति ल्याउँदै


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– डाइभर्सिटी भिसा अर्थात् डिभी कार्यक्रम बन्द गर्नेगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति सार्वजनिक गर्ने भएका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार सार्वजनिक गर्न लागेको नयाँ आप्रवासन नीति अनुसार अब डिभी कार्यक्रम बन्द हुनसक्ने छ भने ग्रिनकार्ड लिन समेत अझ कठिन हुनेछ । यद्यपि ट्रम्पले डीभी चिट्ठा कार्यक्रम बन्द गरे पनि यो वर्ष डीभी परेकाले भने अमेरिका जान पाउनेछन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पको घोषणामा अमेरिकाले ग्रिन कार्डका लागि पनि कडा नियम लागू गर्नेछ । यसअनुसार हरेक वर्ष ११ लाख जनालाई मात्र ग्रिनकार्ड उपलब्ध गराइने तथा ग्रिनकार्ड लिनका लागि कठिन परीक्षा दिनुपर्नेछ ।

नयाँ घोषणामा उच्च दक्षता भएका आप्रवासीलाई बढी महत्व दिइनेछ भने पारिवारिक सम्बन्धका आधारमा अमेरिका आउन चाहने आप्रवासीका लागि लागू गरिएको कार्यक्रम समेत खारेज गर्नसक्ने बताइएको छ । अमेरिकाले हरेक वर्ष १० लाख भन्दा धेरैलाई ग्रिनकार्ड दिने भएपनि केबल १ लाख ४० हजारले मात्रै रोजगारीका आधारमा ग्रिनकार्ड पाउने गरेका छन् भने बाँकी पारिवारिक सम्बन्ध, शरणार्थी, डीभी चिट्ठा कार्यक्रम लगायतबाट अमेरिका आउनेले ग्रिन कार्ड पाउने गरेका छन् ।

अब रोजगारी तथा दक्षताका आधारमा ग्रिनकार्डलाई प्रोत्साहन गरिने बताइएको छ । यद्यपि उनको नीति कङ्ग्रेसबाट पारित हुनेमा भने आशंका रहेको अमेरिकी सञ्चारमाध्यमको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ८ : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६