'प्रचण्ड कमरेड आत्मसमर्पण गर्ने खालको नेता होइन' | Khabarhub Khabarhub

‘प्रचण्ड कमरेड आत्मसमर्पण गर्ने खालको नेता होइन’


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मातृका यादव केपी ओली नेतृत्वको वर्तमान सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुन् । २०२८ सालदेखि राजनीतिमा सक्रिय रहेका यादवलाई धेरैले इमान्दार र हठी नेताको रुपमा लिन्छन् । पहिलोपटक मन्त्री भएको बेलामा ‘एलडीओ’ प्रकरणका कारण चर्चामा आएका यादव मंगलबार फेरि चर्चामा आए ।

कतिपय सञ्चारमाध्यममा मन्त्री यादवमाथि हातपातको प्रयास भन्ने समाचार आएको भन्दै उनले आपत्ति पनि जानाए । सञ्चारमाध्यम र प्रचारलाई कमै रुचाउने मन्त्री मातृका यादवसँग हामीले पछिल्लो घटना, सरकार, पार्टी एकीकरण लगायतका विषयमा कुराकानी गरेकाछौं । प्रस्तुत छ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका नेकपाका स्थायी समिति सदस्य मातृका यादवसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईंबाट जनताले धेरै अपेक्षा गरेका छन् । पहिला मन्त्री बन्दा तपाईले गरेका कामकारवाहीबाट पनि होला सायद, तर तपाई बढी चर्चामा आउने गर्नु भएको छ वा तपाईंलाई बढी चर्चामा ल्याइने गरेको छ ? यसलाई तपाईंले आफ्नो मान मर्दनको रुपमा पनि लिनु भएको छ ?

मुख्य कुरा के भएको हो भने, कथनी र करणी एउटा हुनु पर्‍यो । हामी नारा एउटा दिन्छौं बाटो अर्को अपनाउँछौं । हामी भ्रष्टाचार नियन्त्रणको कुरा गर्छौं तर वरिपरी भ्रष्टाचारी मानिसलाई राख्छौं । त्यो भनेको जनतालाई ढाट्ने कुरा हो । हामी समाजवादको कुरा गर्छौ । समाजवाद भनेको अमूर्त कुरा होइन । मूर्त हो ।

त्यो विषयहरु अमूर्त राख्नु हुँदैन । म सबै ठाउँमा प्रश्न गर्ने गर्छु । जसले गर्दा मानिसहरुलाई मन पर्दैन । त्यसले गर्दा बेलाबेलामा चर्चा हुने गरेको होला । चर्चा सकारात्मक भए त हुने तर नकारात्मक गर्ने गरेका छन् ।

जहाँजहाँ विवाद भयो मिडियाले फोकस गर्ने गरेका छन् । मातृका १४ महिनादेखि दिनरात गरेर काम गरेको कसैले नलेख्ने, कसैसँग विवाद भयो भने दुनियाभरको खोजेर लेख्ने । भाषा ठिक भएन, अंग्रेजी जानेर भनेर दुनियाभरको प्रचार भयो । त्यसमा पनि बढी केन्द्रीत केही मिडिया छन् ।

एउटा यथास्थितिमा बसेका साथीहरु (पूर्व एमाले)परिवर्तन भएर आउनुभएको छ, हामी(माओवादी केन्द्र) आमूल परिवर्तनका पक्षधरहरु उहाँहरुसँग मिलेका छौं

किन तपाई विरुद्ध खनिए त ? मिडिया म्यानज गर्न सक्नुभएन यसको मतलब ?

मेनेज गर्ने कुरा कसैले म सँग गरेको छैन । म त्यस्तो गर्न पनि सक्दिन । कसैले अपेक्षा गरेको भनेर भनेको पनि छैन । म कुनै मिडियाका साथीहरुसँग यो विषयमा कुरा पनि गरेको छैन ।  मलाई केही मिडियामा जानरकारी दिन परेको छ भने साथीहरुलाई मन्त्रालयमा बोलाउँछु, सचिव र प्रवक्ताले भन्नुहुन्छ ।

मातृका यादव भनेपछि धेरैमा केही गर्ने नेता वा मन्त्री भन्ने छाप परेको छ, तर त्यस अनुसार अहिले तपाईंको पफर्मेन्स देखिएको छैन भन्ने आरोप लगोको छ, अहिलेको कर्मचारी तन्त्रले, अहिलेको नियम कानून, संविधानले तपाईको मूल्य मान्यता आस्थालाई साकार गर्न सहयोग गरेको छ जस्तो लाग्छ ?

जहिलेसम्म रुपान्तरण हुँदैन यो कर्मचारीतन्त्रले हाम्रो लक्ष्य पूरा गर्न सक्दैन । त्यसबारेमा गम्भीर छलफल र बहस हुनुपर्थ्यो त्यो भएन ।

किन भएन र अब कसरी गर्ने ? तपाईहरु नीति निर्माणको तहमा हुनुहुन्छ ।

दुईवटा स्थान छ । हाम्रो पार्टी छ, सरकार पनि हाम्रै पार्टीको छ । हुन त सरकार जनताको हो र पार्टी पनि जनताको हो हामी त जनताको प्रतिनिधि हौं । त्यसैले जनताको चाहनालाई कागजमा मात्र होइन, हामी व्यवहारमै उतारेर देखाउनु पर्छ । अहिले ठूला ठूला प्रजेक्टको प्रचार गर्नुपर्ने हो तर दैनिक समस्या भोगिरहेका छौं । मालपोतमा घुस माग्छन्, बैकमा कर्जाको काम हुन सकेको छैन कसरी करप्सन मुक्त हुन्छ ?

कसरी रोक्ने त ? सबै बिगारेको नेताले भनेर आरोप लाग्ने गरेको छ…

मुख्य त नेता नै हो । मुख्य नेता नै हो तर कर्मचारीतन्त्र कम छैन, उद्योगी व्यापारी कम छैनन् । यसलाई हटाउनुपर्छ । अहिले सबैमा राष्ट्रिय भावना जागेको छ । सरकारले त्यसको नेतृत्व गरेको छ र सबैमा त्यो भावना जागेको छ । लगानी सम्मेलनमा नै त्यो देख्नु भयो । विरोध गर्नेहरु पनि एक स्वमा बोले । देश बनाउने कठिन काम हो तर यसलाई नारा दिने वित्तिकै हुँदैन ।

जनताको सेवा गर्न सकेनौ भने सरकार र पार्टीको लोकप्रियता स्वत: घट्छ नि । जनतालाई सत्य तथ्य भन्न सकेनौं भने घट्दै जान्छ

दुई तिहाइको सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए तर त्यो अनुसार पूरा भएको छैन, सरकार दिन प्रतिदिन अलोकप्रिय हुँदैछ । जनताका माग र गुनासाहरु पूरा भएका छैनन्, के भन्नु हुन्छ ?

म २८ सालमा राजनीतिमा लागे । जति बुद्धि थियो त्यो पूरा भएको छ । राजतन्त्र समाप्त भएर गणतन्त्र आउनुपर्छ जनतन्त्र आउनुपर्छ भनेर लागेको थिएँ, आयो नि । अहिले आर्थिक समृद्धिको कुरा आएको छ, त्यसलाई हामी गर्छौ नि त । एकैपटक ‘छु मन्तर त हुँदैन’ हेर्नुहोस् । हामी पनि अलिअलि टाँसिएका छौं, कतै फोहर छ । पहिला त आत्मसंघर्ष गर्नुप¥यो, अन्तसंर्घष हुन्छ र वर्ग संघर्षलाई जित्नु प¥यो, त्यसैले गर्न धेरै बाँकी छ ।

अहिले नेकपा को सरकार छ । फोरमको साथीहरु पनि हुनुहसुन्छ । संख्याको हिसावमा हाम्रो पार्टीको सरकार भन्दा हुन्छ तर संयुक्त सरकार छ । बहस उठिरहेको छ । हामी त दुईवटा धारबाट आएका छौं र पार्टी एकीकरण गरेका छौं । एउटा यथास्थितिमा बसेका साथीहरु (पूर्व एमाले)परिवर्तन भएर आउनुभएको छ, हामी(माओवादी केन्द्र) आमूल परिवर्तनका पक्षधरहरु उहाँहरुसँग मिलेका छौं । हामी छोडेका छौं, उहाँहरु अगाडि बढ्नु भएको छ । सम्झौता भएको हो । हाम्रा बीचमा बहस भइरहेको छ ।

आत्मसमर्पण हो उसो भए ?

होइन होइन, आत्मसमर्पण होइन । आत्ममर्पण गर्ने कुरा पनि होइन । कमरेड प्रचण्ड सरेन्डर गर्ने खालको नेता हुनुहुन्न ।

हिजोको जनयुद्ध यहाँ रुपान्तरित अवस्थामा देखियो…

यस्तो हो, जब म अलग भए त्यतिबेला म पनि यस्तै प्रश्नहरु गरेर आक्रोशित भएर अलग भएको हो । मसँग गएका साथीहरु त फेरि आन्दोलन गर्ने भत्काउने, हतियार उठाउने भनेर गएको हो नि तब म निर्णय गर्थे हतियार उठाउने तयार हुँदैन थिएँ । उनीहरु पनि तयार हुँदैन थिए ।

अनि हतियार उठाउँछु क्रान्ति गर्छु भन्ने विप्लवजीलाई प्रतिबन्ध नै लगाइदिनुभयो !

विप्लव जीको त्यो कुरा नै होइन । उहाँले त सत्तामा सेयर खोज्नु भएको हो, अर्को प्रचण्ड बन्न खोज्नु भएको हो । अर्को कोही पनि प्रचण्ड, विप्लव, मातृका बन्न सक्दैनन् ।  त्यसले गर्दा वैद्य जीको पनि आफ्नो पहिचान छ । उहाँलाई हामीले गुरु मानेका छौं । तर सबैमा समस्या छ । अहिलेको आवश्यकता भनेको एकैठाउँमा आएर बहस गर्ने हो ।

त्यो सम्भावना छ ? पार्टीमा सरकारमा त राम्रोसँग छलफल र बहस हुँदैन भन्दै नेताहरुले असन्तुष्टि पोखिरहनु भएको छ ?

उहाँहरु आइदिए त बहसका लागि बल पुग्छ नि ! सबै आउनु पर्छ । बहस गर्नुपर्छ । नेताहरु संक्रिण हुनु हुँदैन ।

यो अहिले जुन खालको सिस्टम छ यसबाट सबै उपलव्धिहरु हासिल होला ?

अहिलेकै सिस्टमबाट सबै हुँदैन । तर मात्रात्मक त अगाडि बढिरहेको छ । सरकारले जति सकिरहेको छ त्यति गरिरहेको छ । हुँदैन भने त छलफल छदैछ । अघि नै भने नि या त यो संरचना परिवर्तन या रुपान्तरण हुनुपर्छ । यथास्थितिमा त सबै सम्भव छैन ।

त्यसले त्यो बारेमा बहस र छलफल भइरहेको छ । मैले प्रस्ताव राखेको थिए । केही प्रतिशत शुरु गरौं । सिंगापुरमा हेर्नुभयो भने सबै कन्ट्रयाक्टमा आएका मानिस हुन्छन् । अमेरिकामा हेर्नु न । राष्ट्रपति आएपछि सबै नयाँ मानिस लिएर आउँछ । फेल भयो भने मातृका फेल हो, पास भयो भने सबै पास हो । काम नगरे त उ पनि फेल हुनुपरो नि । कर्मचारीको हेर्नुभएको छ सयमा सय नम्बर पाउँछ । काम गरेको हिसावमा नम्बर पाउनु पर्ने हो नि त । काम गरेको हुँदैन तर नम्बर सयको सय । सामान्य प्रशासनले यसलाई हेनुपर्ने हो ।

मन्त्रालयबीचको कोअर्डिनेसन, प्रधानमन्त्री र मन्त्रीहरुबीचको को अर्डिनेशन कस्तो अवस्था छ ?

प्रधानमन्त्री ज्यू बोलाउनुहुन्छ क्याविनेटमा हामी छलफल गर्छौ कोअर्डिनेशन नै छ त ।

अहिले सरकारको शाख घटिरहेको छ…

जनताको सेवा गर्न सकेनौ भने सरकार र पार्टीको लोकप्रियता स्वत: घट्छ नि । जनतालाई सत्य तथ्य भन्न सकेनौं भने घट्दै जान्छ ।

तपाईले काम गर्न सक्नु भएन भनेर जनताले प्रश्न गरिरहेका छन् चिन्ता लाग्दैन ?

लाग्छ नि ! जनताको प्रश्न मातृकाले गर्न सकेन भन्ने । यसलाई ठूलो चुनौती मानेको छु । तर हामी यसलाई सही बनाउन लागिरहेका छौं ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ५ : २५ बजे

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस