श्रीमतीले ‘भजाकग’ शीर्षकमा महिना मै १५ हजार खर्चिएपछि... | Khabarhub Khabarhub

श्रीमतीले ‘भजाकग’ शीर्षकमा महिना मै १५ हजार खर्चिएपछि…


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आपसी विश्वासका आधारमा सम्बन्ध टिकेको हुन्छ । सम्बन्धमा दरार आउने अर्को विषय भनेको पैसा हो । पैसा कै कारण श्रीमान श्रीमतीबीच झगडा पनि हुने गर्दछ । भर्खरै विवाह भएको एक परिवारले खर्च विवरणलाई नियमित रुपमा लेखेर राख्ने गरेको थियो ।

३ महिनासम्म नियमित लेख्ने काम भयो । खर्च पनि औसत नै निस्कियो । चौथो महिना अलि बढी खर्च भएपछि श्रीमानले श्रीमतीसँग खर्चको विवरण मागे । उनीहरुबीचको कुराकानी यस्तो छ:

श्रीमान : यो महिला धेरै खर्च भयो । कुन कुन शीर्षकमा कति खर्च भएछ ? मलाई विवरण देउ देउ ।
श्रीमती : मैले धेरै त टिपेको छैन । सम्झँदै टिप्छु है ।
श्रीमान : हुन्छ तर, अलि छिटो ।
श्रीमतीले खर्च विवरण लेखेर दिइन् । विवरण यस्तो थियो ।

भजाकग– रु ८०००
भजाकग– रु४०००
भजाकज– रु३०००
कोठाभाडा– रु १००००
चामल तरकारी– रु८०००
जम्मा – रु ३३०००
अन्य शीर्षकको खर्च औषत नै थियो । तर, भजाकग शीर्षकमा बढी खर्च भएको देखेपछि श्रीमानले सोधे
श्रीमान : अरु त बुझेँ यो भजाकग भनेको के हो ?
श्रीमती : त्यही त यो विषयमा म पनि अनविज्ञ नै छु । भजाकग भनेको, भगवान नै जानुन कता गयो ।
श्रीमान : ट्वाँ

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १० : ५५ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको