विवेकशील साझाको पहिलो महाधिवेशन फागुनमा | Khabarhub Khabarhub

विवेकशील साझाको पहिलो महाधिवेशन फागुनमा


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले आउँदो वर्षको फागुनमा पहिलो महाधिवेशन गर्ने भएको छ। पार्टी विभाजनपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकले २०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

प्रवक्ता सूर्यराज आचार्यका अनुसार पुस ३० र माघ १ गते चलेको बैठकले प्रदेश संयोजक चयन, केन्द्रीय सदस्य थप, पार्टी भ्रातृ संगठन निर्माण, पार्टी केन्द्रीय विभागको पुनर्गठन, जिम्मेवारी बाँटफाँट लगायतका निर्णय गरेको छ।

संयोजक उज्ज्वल थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि विवेकशील साझाको केन्द्रीय समिति बैठक बसेको हो। बैठकबाट प्रदेश नंं. १ को संयोजकमा अनिल भेटवाल चयन भएका छन्।

प्रदेशको सिफारिसमा महिला केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी चयन भएका प्रवक्ता आचार्यले जनाए।

त्यस्तै अब्दुस मियाँको संयोजकत्वमा विवेकशील साझा युवा संगठन र सोभिता परियारको नेतृत्वमा विवेकशील साझा महिला संगठन गठन गरिएको छ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ९ : ०३ बजे

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार