स्वयम्भू–हनुमानढोका क्षेत्र ‘सम्पदा पदयात्रा’मा जोडिंदै, २० सम्पदाको अवलोकन गर्न पाइने | Khabarhub Khabarhub

स्वयम्भू–हनुमानढोका क्षेत्र ‘सम्पदा पदयात्रा’मा जोडिंदै, २० सम्पदाको अवलोकन गर्न पाइने



काठमाडौं– काठमाडौं महानगरपालिकाले झण्डै २ किलो मिटर दूरीमा रहेका  विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने भएको छ ।

विश्वसम्पदा दिवसका अवसर पारेर हनुमानढोका दरबारस्क्वायरमा एक कार्यक्रमको आयोजना गरी आउँदो विहीबार ‘सम्पदा पदयात्रा गुरुयोजना’ सार्वजनिक गरिनेछ । त्यस अघि स्वयम्भू भुइखेलदेखि हनुमानढोका दरवार क्षेत्रसम्म र्‍याली निकालिनेछ ।

स्वयम्भूदेखि हनुमानढोका नै किन जोड्ने ?

स्वयम्भूदेखि हनुमानढोका क्षेत्र पैदलमार्गको हिसावले छोटो दूरीमा रहेकाले सो क्षेत्रको पदमार्गका लागि गुरुयोजना तयार पारिएको काठमाडौं महानगरपालिका वडा नम्वर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए । सम्पदा तथा पर्यटन समितिका संयोजक समेत रहेका महर्जनले उक्त स्थान पर्यटकका लागि सूचनाको केन्द्रविन्दू समेत रहेको जानकारी दिए ।

‘हनुमान ढोकामा आउने र स्वयम्भूनाथ पुग्नेहरुका लागि एउटाबाट अर्को विश्व सम्पदा क्षेत्रसम्म हिडेरै पुग्न सकिन्छ’ उनले भने । अन्य स्थानहरु आधुनिकताले भरिए पनि यी स्थानमा मौलिक परम्परागत बाटो रहेकाले पदमार्ग जोड्न लागिएको जानकारी दिए ।

स्थानीय साँस्कृतिक सम्पदाहरुको प्रवद्र्धन, स्थानीय जनताको आर्थिक विकासमा टेवा पुर्‍याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्य मान्यताबारे जनमासमा चेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ पदमार्गको गुरुयोजना तयार पारिएको छ ।

सांस्कृतिको पहिचान, अभिलेखीकरण र संरक्षण गर्ने कामलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको महानगरका प्रवक्ता इश्वरमान डंगोलले बताए । उपत्यकामा भित्र विश्व सम्पदा सूचिमा ७ सम्पदा सूचिकृत छन् भने काठमाडौं महानगरभित्र विश्व सम्पदा सूचिमा सूचिकृत भएका ४ वटा स्थान रहेका छन् ।

काठमाडौं महानगरका मूर्त एवं अमूर्त सम्पदाहरुको पहिचान, पुस्तान्तरण तथा सम्वद्र्धनको कार्यमा पनि यो पदयात्रा सहायकसिद्ध हुनेमा उनले विश्वास लिए । सम्पदा पदयात्रा सञ्चालन आएपछि २ किलोमिटर दूरीभित्र रहेका करिब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न पाइनेछ ।

कुन–कुन सम्पदा अवलोकन गर्न पाइन्छ ?

काठमाडौं हनुमानढोका दरवार क्षेत्रबाट विश्वसम्पदा सूचीमा सृचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएको मन्दिर, बहाः बही, ढुंगेधारा, पाटी, सत्तल आदि सम्पदाहरुको अवलोकन गर्न सकिन्छ ।

महानगरपालिकाले ती सम्पदाहरु पहिचान गर्न विभिन्न संकेत चिह्नहरु राख्ने, स्थानीय घरहरुलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँ–ठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने भएको छ ।

दुई पदमार्ग जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक पराम्पराहरुको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गरिनेछ । यसका लागि भने आर्ट ग्लायरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने जनाइएको छ ।

पदमार्गको रुट
हनुमानढोका–काष्ठमण्डप–मरु गणेश–मरु हिटी–सन्तानेश्वर महादेव–मरुबही–मिच्याः गल्ली–बन्जाः हिटी–साः (तेल मिल)–चस्वाद्धँ–दमाइ टोल–सुन्ता गल्ली–पाछै गल्ली–नरदेवी द्यःछेँ–आयुर्वेदिक अस्पताल–सामुदायिक(लोकेश्वर) गल्ली–बुरांखेल–म्येछ्यों हिटी–तप्यँताँ–रञ्जित मल्ल सतः घाट–भेलु महादेव–डल्लु चौतारा–निपु हिटी (भीमसेन मन्दिर)–धिमे ल्वहं–चारा हिटी–भुइखेल हुँदै स्वयम्भू ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ४ : ४७ बजे

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी