पोखराको पचभैया कोट देउरालीमा बसेका थिए पाँच पाण्डव, देवीको शक्ति प्राप्त गरेको विश्वास | Khabarhub Khabarhub

पोखराको पचभैया कोट देउरालीमा बसेका थिए पाँच पाण्डव, देवीको शक्ति प्राप्त गरेको विश्वास


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पाँच पाण्डवले गुप्तवासका क्रममा रात विताएको र देवीको शक्ति प्राप्त गरेको स्थानको रुपमा पोखरा महानगरपालिका–३१ स्थित पचभैया कोट देउरालीलाई लिने गरिएको छ ।

युधिष्ठिरसहित उनका पाँच भाइ गुप्तवासका क्रममा यही स्थानमा एक रात बिताएको र देउराली देवीको शक्ति प्राप्त गरेको विश्वासका आधारमा अत्यन्त श्रद्धा विश्वासका स्थान यहाँ पूजाआजा गरिन्छ ।

आजभन्दा दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढङ्गाको शिला मात्र रहेकोमा स्थानीय जागरुकतासँगै यसलाई संरक्षण गरेर मन्दिर निर्माण गरिएको छ । नजिकै रहेको कोट मन्दिरसमेतलाई समेट्दै यहाँको संरक्षण र विकास थालिएको हो ।

पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीननाथ ढकालका अनुसार मन्दिरको निर्माणका लागि लागि २०६० सालमा महायज्ञ गरी सहयोग जुटाइएको थियो ।

महायज्ञबाट सङ्कलित सहयोगबाट झण्डै रु ५० लाखको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिर परिसरमा मन्दिरसहित हवन कुण्ड, पुजारी आवास र कार्यालय रहेका छन् । मन्दिरमा परेवाका लागि पनि बस्ने स्थान बनाइएको छ । मन्दिरभित्र अन्य कुनै मूर्ति नरही प्राचीनकालदेखि रहँदै आएको शिला राखिएको छ ।

प्रचलित विश्वासअनुसार पञ्चपाण्डव एक वर्षे गुप्तवासका क्रममा हिमालयमा तपस्या गर्न पुगे । तपस्याबाट फर्कने क्रममा पचभैयामा एक रात बिताएका थिए । एक रात बस्ने क्रममा उनीहरूले देवीको आराधना गरेको र उक्त स्थानमा देवी उत्पत्ति भई उनीहरूलाई शक्ति प्रदान गरेको विश्वास छ ।
पूर्वअध्यक्ष ढकालका अनुसार युधिष्ठिरसहितका पाँच भाइ बसेको स्थान भएका कारण उक्त समयदेखि यस स्थानलाई पञ्चभैया भन्न थालियो । पछि अपभ्रंस हुँदै यस स्थानको नाम पचभैया हुन गएको हो ।

हिमालको काखमा रहेको यस स्थानमा दुईतर्फ ठूला ठूला जलाशय(बेगनास ताल र रुपा ताल) रहेको र अत्यन्त रमणीय एवं शान्तस्थल भएकाले युधिष्ठिरको रोजाइ पचभैया पर्न गएको विश्वास गरिन्छ । बेगनास तालदेखि करीब डेढ किलोमिटर दूरीमा पर्ने यस मन्दिर परिसरबाट रमणीय हिमाली दृश्यका साथै तालतलैयाका कारण यहाँ आउने जो कोही रमाउने गरेका छन् ।

यहाँ पूजाआजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वासका साथ टाढाटाढाबाट दर्शनार्थी आउने गरेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वसचिव नरनारायण थापाले जानकारी दिए । मन्दिरमा बडादशैँ, चैतेदशैँमा विशेष पूजा हुन्छ भने अन्य विभिन्न धार्मिक अनुष्ठान गर्ने गरिएको छ । करीब एक रोपनी क्षेत्रफलमा मन्दिर रहेको र अर्को थप एक रोपनी जग्गा रहेको थापाले बताए ।

नेपालकै पहिलो खुला चिडियाखानासमेत निर्माण हुन लागेको पचभैयाको पर्यटनमा पचभैया कोट देउरालीसमेतलाई समेटेर विकास गर्न सकिने पचभैया प्रगतिशील युवा मञ्चका अध्यक्ष सुनिल थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : २६ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न