सर्वोच्चको न्यायाधीशमा सिफारिस ५ जनाविरुद्ध ५ उजुरी, आज खोलिँदै | Khabarhub Khabarhub

सर्वोच्चको न्यायाधीशमा सिफारिस ५ जनाविरुद्ध ५ उजुरी, आज खोलिँदै


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित ५ जना न्यायाधीशविरुद्ध ५ ओटा उजुरी परेका छन् ।

संसदीय सुनुवाई समितिले गरेको आह्वानमध्ये प्रस्तावित ५ जनामध्ये २ जनाविरुद्ध व्यक्गित उजुरी परेका छन् ।

संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध २ र हरिप्रसाद फुयाँलविरुद्ध १ ओटा व्यक्तिगर उजुरी परेका छन् ।

अन्य २ उजुरीमा भने कसैको नाम उल्लेख नगरिएको सुनुवाइ समिति स्रोतले जानकारी दियो ।

प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोल्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा उजुरी खोलेर उजुरीकर्तासँग छलफल गरिने समिति सभापति लक्ष्मणलाल कर्णले खबरहबलाई जानकारी दिए ।

उजुरीकर्तासँगको छलफलपछि न्यायाधीशहरुको सुनुवाइ शुरु हुने सभापति कर्णको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ११ : ४५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द