फोरमका सहअध्यक्षले भने– सीके राउतसँगको सहमति अमूर्त | Khabarhub Khabarhub

फोरमका सहअध्यक्षले भने– सीके राउतसँगको सहमति अमूर्त


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले हालै सरकारले सिके राउतसँग भएको ११ बुँदे सहमतिमा नेपाल स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अभिभाज्य र अखण्ड भन्ने उल्लेख हुनु स्वागतयोग्य भएको बताएका छन् ।

पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा ३ नम्बर प्रदेशको विशेष शिल्पी भेलामा सहअध्यक्ष श्रेष्ठले सम्झौताका कतिपय बुँदा अमूर्त रहेकाले सरकारले त्यसको व्याख्या गर्नुपर्ने धारणा राखे ।

राजनीतिक मुद्दालाई राजनीतिक ढङ्गले नै हल गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले नेकपा (विप्लव) समूहसँग वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताए । शिल्पीको सम्मानजनक पहिचानका लागि आफ्नो पार्टीले व्यवहारमै शिल्पी विशेष प्रदेश बनाएर उदाहरणीय बनेको उल्लेख गरे ।

कार्यक्रममा पार्टीका उपमहासचिव दानबहादुर विश्वकर्मा, ३ नं प्रदेशका पार्टी अध्यक्ष लालबहादुर तामाङ, तारा विश्वकर्मालगायतले पनि पार्टीका कार्यदिशाका बारेमा बोलेका थिए । भेलाले शरण रसाइलीको अध्यक्षतामा १६ सदस्यीय शिल्पी विशेष प्रदेश ३ नं प्रदेश समिति गठन गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ७ : २४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन