मेक्सिकोमा १९ वटा प्लाष्टिक झोलामा भेटिए लाशको अवशेष | Khabarhub Khabarhub

मेक्सिकोमा १९ वटा प्लाष्टिक झोलामा भेटिए लाशको अवशेष


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिकोमा मृतकको अवशेष भरिएका १९ झोला फेला परेको छ ।

मेक्सिकोको आपराधिक ग्याङ्गको हिंसाबाट प्रभावित जालिस्को राज्यमा मानिसहरुको शवको अवशेष भरिएको अवस्थामा १९ वटा प्लाष्टिकका झोला फेला परेका हुन् ।

जालिस्को राज्यको राजधानी गुआडालाजारा शहरबाट ४१ किलोमिटर दक्षिणमा रहेको इक्टाल्हुवाकान डे लोस मेम्ब्रिलोस शहरनजिकै रहेको प्रदुषित नदीमा प्लाष्टिकका झोला फेला परेका हुन् ।

जालिस्को राज्यका महान्यायाधिवक्तको कार्यालयले फोरेन्सिक अनुसन्धान गरिरहेको र झोलामा मृतकको पूरै शव वा शवको टुक्रा रहेकोबारे पत्ता लगाउने कोशिस गरिरहेको जनाएको छ । त्यसबाहेक मृतकको पहिचान गरिएपछि उनीहरु हराइरहेको उजुरी कतै भेटिएको भए त्यसको पनि अनुसन्धान गरिने छ ।

जालिस्को राज्यमा जालिस्को न्यू जेनेरेशन नामक शक्तिशाली ग्याङ्ग सक्रिय रहेको छ । उक्त ग्याङ्गले राज्यका अरु स–साना ग्याङ्गका सदस्यमाथि निरन्तर हिंसात्मक आक्रमणहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ६ : ३७ बजे

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन