आमा र श्रीमतीबीचको झगडाले हैरान हुनुहुन्छ ? यी हुन् समाधानका उपाय | Khabarhub Khabarhub

आमा र श्रीमतीबीचको झगडाले हैरान हुनुहुन्छ ? यी हुन् समाधानका उपाय


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाहपछि सबैभन्दा समस्या तपाईंकी पत्नी र आमाबीचको तनावपूर्ण अवस्थाले गर्दा उत्पन्न हुन्छ ।

विवाह भन्दा पहिला सामान्यता परिवारका सदस्यले भन्छन् कि ‘विवाह पछि आमालाई नबिर्सि ।’ कयौंपटक मानिसहरुले तपाईंको आमाको अगाडि पनि यस्तो भन्छन् । जसका कारण विवाहपछि दुई जनाबीचको सम्बन्धलाई सन्तुलनमा राख्ने पिर पुरुषमा पर्ने गरेको छ ।

विवाह हुनासाथ तपाईको दिमागमा एउटा कुरा खेल्न थाल्छ । यदी तपाई आफ्नी नवविवाहित पत्नीसँग ५ मिनेट समय विताउँनुहुन्छ भने आमासँग १० मिनेट वा ५ मिनेट समय दिनुपर्नेछ ।

अधिकांश जसो पुरुष आफ्नी पत्नीको लडाइँको कारण पिसिएको महशुस गर्छन् । यदी तपाईको पत्नी र आमाबीच विवाद कायम रहेको खण्डमा परिवारमा कहिल्यै खुशि हुनेअवस्था बन्दैन । किनकी एक महिला उनको बाँकी जिन्दगीमा तपाईसँग रहन्छिन् र अर्की महिला जो तपाईको जीन्दगीमा रहिहन्छिन् ।

आमा र पत्नीलाई बराबरको महत्व दिन आवश्यक रहेको मान्यता आफैंमा गलत छ । आमा र पत्नीलाई एक तराजुमा राख्ने समाजको प्रयास पनि गलत छ । मानिस विवाहपछि महिलाको अगाडि आउने मुस्किललाई नजरअन्दाज गर्छन् । विवाहपछि युवतीको पूरै जिन्दगीमा कस्तो परिवर्तन आउँछ, यस तर्फ मानिसले ध्यान नै पुर्‍याउँदैनन् ।

सबै कुरा त्यतिबेला समस्यामा पर्छ जब पति तथा उसका परिवार स्वयं कुनै पनि परिवर्तन गर्न तयार हुँदैनन् यसका बाबजुद कि परिवारमा एक नयाँ सदस्यको आगमन भएको छ ।

प्रश्न उठ्छ, पत्नी र आमाबीचको सन्तुलन किन आवश्यक छ ?

पत्नी र आमाबीच सन्तुलन कायम हुन सकेन भने तपाईंलाई मात्र होइन परिवारमै समस्या र विघटनको अवस्था आउन सक्छ । त्यसैले यसको समाधान गर्दै परिवारलाई अघि बढाउन सकेको खण्डमा मात्र परिवार सही रुपमा अगाडि बढेको हुन्छ ।

यदी कुनै पनि पतिले आफ्नी पत्नीलाई धेरै समय दिन्छ भने यो जायज हो । किनकी युवती पुरुषको जिन्दगीमा नयाँ आएकी हुन्छे र सम्बन्ध राम्रो बनाउनका लागि यस्तो गर्न जरुरी पनि छ । युवतीले आफ्नो घर सम्बन्ध सबै छोडेर पतिको घरमा आएको अवस्थामा उसलाई पतिले धेरै समय दिनुलाई अन्यथाको रुपमा लिँदा समस्या उत्पन्न हुन जान्छ । कुनै पुरुषले आफ्नी पत्नीसँग समय धेरै विताएको खण्डमा आमाले यस्तो रुपमा हेर्न हुँदैन कि उनले मेरो छोरोलाई खोसिरहेकी छिन् वा मबाट अलग गरिरहेकी छिन् ।

जब कुनै पुरुषले आफ्नी पत्नीलाई सपोर्ट गर्न सुरु गर्छ तब परिवारमा असुरक्षाको भावना उत्पन्न हुन्छ । केही मानिसले त्यसलाई ठूलो रुपमा लिन्छन् र खिसि ट्उिरी गर्न थाल्छन्, ‘त श्रीमतीको दास नै भइछस्’ भन्ने खालको अभिव्यक्ति आउन थाल्छ । जसमा आमाको मौन स्वीकारोक्ति हुन्छ । यसका लागि तपाईले आमालाई विवाहपछि नै खुलस्त भन्न जरुरी हुन्छ । विवाह गरेर नयाँ परिवेशमा आएकी बुहारीलाई केही साथ र समय नदिएको खण्डमा उसलाई असहज लाग्न सक्छ त्यसैले मैले उसका लागि केही सयम दिन्छु यसलाई अन्यथा नलिनु होला भन्ने खालको कुरा आमासँग पहिला नै गर्नुभयो भने आगामी दिनहरुमा समस्या देखिँदैनन् । होइन भने यसले पछि समस्या ल्याउन सक्छ ।
आमाका हकमा पनि यही कुरा लागू हुन्छ । पुरुषले आफ्नी आमासँग समय विताउन तथा उनको हेरचाह गर्ने पूरा हक हुन्छ । आमासँग समय विताएको भन्दै पत्नीले पतिमाथि अनावश्यक दवाव सिर्जना गर्दा परिवारमा कलह बढ्न जान्छ तसर्थ आमासँगको आफ्नो सम्बन्धलाई पत्नीसँग स्वतन्त्र राख्ने कोशिश गर्नुहोस् ।
समाजद्वारा उत्पन्न गरिएको प्रतिस्पर्धाको भावनाको कारण पारिवारिक समस्या उत्पन्न हुन जान्छ । यो कुरा मनन गर्न जरुरी छ कि, आमाको स्थान र पत्नीको स्थान अलग अलग हो ।

पत्नीले आमालाई धेरै समय दिएको वा आमाले भनेको मानेको र आमाले चाँहि श्रीमतीको मात्र सुनेको, हाम्रो वास्ता गर्दैनस् भन्ने विषयलाई प्राथमिकतामा नराख्नुहोस् । तर यसलाई सम्बेदनशील रुपमा लिने गर्नुहोस् । आमालाई पनि सम्झाउने प्रयास गर्नुहोस् र पत्नीलाई पारिवारिक संरचना बारे जानकारी गराउनुहोस् । पत्नीलाई आमाबुवामाथिको मर्यादा, हेरचाह र आमालाई बुहारीमाथिको माया,स्नेह, प्रेमको लागि प्रेरित गर्नुहोस् । आमा र पत्नीबीच बेलाबेलामा पर्ने समस्यालाई सँगै राखेर समस्या समाधान गर्ने प्रयास गर्नुहोस्, जो सानो रुपमा नै समाधान गर्न सकियोस् ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ६ : ११ बजे

गण्डकीका बिनाविभागीय मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई