इथियोपियन विमान दुर्घटना– १ सय ५७ शवको डीएनए परीक्षण गर्न ६ महिना लाग्ने ! | Khabarhub Khabarhub

इथियोपियन विमान दुर्घटना– १ सय ५७ शवको डीएनए परीक्षण गर्न ६ महिना लाग्ने !


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१ सय ५७ जनाको ज्यान जानेगरी गत आइतबार इथियोपियन एयरको विमान दुर्घटनामा मारिएका मृतकको डीएनए परीक्षण गर्न ६ महिनासम्म लाग्नसक्ने भएको छ ।

इथियोपियन एअरलाइन्सका अनुसार डीएनए परीक्षण गरी मृतकको आफन्तलाई वास्तविक शव बुझाउन ६ महिनासम्म लाग्नसक्ने जनाएको हो । यद्यपि मृतकका आफन्तलाई तत्कालै अन्तिम संस्कार गर्नका लागि विमान दुर्घटना भएको स्थानको माटो बुझाइएको बताइएको छ ।

मृतकको शव क्षत विक्षत अवस्थामा रहेकाले शव परीक्षणका लागि समय लाग्ने भएको हो ।

हरेक मृतकका परिवारलाई एक किलोग्राम दुर्घटनास्थलको माटो दिइएको र उनीहरुको मृत्युदर्ता प्रमाणपत्र दुई साताभित्र उपलब्ध गराइनेछ ।

मृतकको आइतबार इथियोपियाको राजधानी आदिस अबाबामा रहेको किडिष्ट सेलासी चर्चमा अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।

त्यस्तै मृतकका आफन्तलाई अन्तिम संस्कारका लागि तत्कालै आवश्यक पर्ने खर्च पनि उपलब्ध गराइनेछ ।

यद्यपि मृतकका आफन्तहरु भने शव बुझ्न व्यग्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो विमान दुर्घटनामा नेपाली युवतीको पनि मृत्यु भएको थियो । डब्ल्यूएफपी इथियोपियाकी कर्मचारीसमेत रहेकी एकता अधिकारीको घर गोरखा हो ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ४ : ३४ बजे

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट