भग्नावशेषको जगबाट समृद्धितर्फ लम्केको जापान | Khabarhub Khabarhub

भग्नावशेषको जगबाट समृद्धितर्फ लम्केको जापान



समृद्ध मुलुकको नाम भन्नेबित्तिकै सबैभन्दा अगाडी आउने नाम हो, जापान । जापानको आर्थिक समृद्धि, जीवनस्तर, प्राविधिक विकास, सामाजिक तथा साँस्कृतिक सम्पन्नता विश्वमै उदाहरणीय मानिन्छ । जापानको समृद्धि नेपालका लागि मात्रै नभएर विश्वकै लागि गतिलो उदाहरण हो ।

लामो समयसम्मको राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै स्थिर राजनीतिक बाटोमा अघि बढेको नेपालका लागि समृद्ध मुलक निर्माणको सरकारी अभियानलाई साकार पार्ने एक उदाहरण जापान हुनसक्छ । जापानले छोटो समयमै देशको विकासका लागि गरेको प्रयास नेपालले सिक्ने हो भने नेपाल पनि चाँडै समृद्ध बन्न सक्छ ।

नेपालले जापानबाट त्यहाँ रहेको प्रविधि, काम गर्ने जनशक्ति, कामप्रतिको माया र सद्भाव आदी कुरा सिक्नुपर्छ । ऐतिहासिक पृष्ठभूमि हेर्दा पनि नेपालले जापानबाट सिक्न र सोही अनुसारको उपलब्धी हासिल गर्न धेरै लामो समय लाग्दैन ।

जापानको इतिहासमा आफैँमा गौरवशाली छ । जापानी इतिहासमा मध्ययुग देखि आधुनिक कालसम्म पनि दरिद्रताको निशान छैन । उसैपनि अहिले त जापान एशियाको प्राविधि तथा वाणिज्यको केन्द्रकै रुपमा विकसित भइसकेको छ ।

कसरी बन्यो आजको नयाँ जापान ?

इतिहास जेजस्तो भएपनि वर्तमान समयमा जापानी समृद्धिको कारणबारे विवेचना गर्दा दोश्रो विश्वयुद्धको समययताको घटनालाई मध्यनजर गर्नु उपयुक्त हुन्छ ।

सन् १९७० को दशकसम्म आइपुग्दा जापान विश्वको दोश्रो ठूलो अर्थतन्त्रको रुपमा विकसित भइसकेको थियो । यो कुनै चमत्कार भन्दा कम थिएन

दोश्रो विश्वयुद्ध अघिसम्म पनि जापानी साम्राज्य आर्थिक, सैनिक तथा राजनीतिको केन्द्र नै थियो । आफ्नो साम्राज्यलाई पूर्वी एशियामा विस्तार गर्नका लागि जापान दोश्रो विश्वयुद्धमा होमियो । दोश्रो विश्वयुद्धमा युद्ध प्रयासका लागि जापानले आफ्नो आर्थिक श्रोतको तीब्र दोहन गर्यो । यसबाट जापानको आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पर्दै गयो भने आर्थिक समृद्धि ओरालो लाग्दै गयो ।

दोश्रो विश्वयुद्धको अन्त्यमा अमेरिकाले जापानका दुई महत्वपूर्ण शहरहरु हिरोसिमा र नागासाकीमा आणविक हमला गरेपछि जापानले आत्मसमर्पण गर्‍यो । दोश्रो विश्वयुद्धमा आत्मसमर्पण गरुन्जेलसम्म जापानको आर्थिक अवस्था निकै नै नाजुक भइसकेको थियो ।

जापानले बिनासर्त आत्मसमर्पण गरेपछि जापानको आर्थिक, राजनीतिक तथा सैनिक मामिला अमेरिकाले आफ्नो जिम्मामा लियो । दोश्रो विश्वयुद्धपछि अमेरिकाले सैनिक जनरल अर्थर म्याकडग्लसलाई जापानको प्रशासन सुम्पियो । अमेरिकी निर्देशनअनुसार नै त्यहाँ १९४७ मा शान्तिपूर्ण संविधान जारी भयो ।

युद्धले पिल्सिएको देशमा जनताको पौरख

दोश्रो विश्वयुद्धपछि जापानीहरुमा सैनिक तागतबाट नभई अब आफ्नो पौरखबाट विश्वमा बर्चश्व कायम गर्ने एक किसिमको इख पलाउन थाल्यो । त्यसैअनुसार जापानीहरु आफ्नो पौरख तिखार्नतर्फ लागे ।

युद्धअघि र युद्धकै क्रममा पनि जापान नयाँ अन्वेषण, खोज तथा प्राविधिक पक्षमा निकै प्रभावशाली नै थियो । त्यसैलाई आधार बनाएर जापानीहरुले आफ्नो पौरख र मेहनतलाई थप नयाँ उचाइ दिनतर्फ लागे । त्यसको विरासत कै रुपमा जापानमा निर्धारित भन्दा धेरै काम गर्ने बानी बस्यो । संस्कारकै रुपमा अझै कायमै छ ।

त्यसैअनुसार युद्धपछि बाँकी रहेका पूर्वाधारका भग्नावशेषबाट जापानीहरुले अनुशासन र मिहिनेतबाट जापानलाई समृद्ध बनाउनतर्फ लागे । यसमा अमेरिका नेतृत्वमा साझेदार मुलुकहरुको सहयोग पनि उत्तिकै रह्यो । अमेरिकाले पजि दोश्रो विश्वयुद्ध पछि नराम्ररी क्षत–विक्षत भएको जापानी समाज तथा आर्थतन्त्रलाई उकास्न सक्दो सहयोग गर्यो ।

त्यसैको फलस्वरुप दोश्रो विश्वयुद्धपछिको समय सन् १९४६ देखि सन् १९५३ सम्म जापानको आर्थिक वृद्धिदर २० प्रतिशतको आसपास थियो । १९५० को दशकको शुरुमा कोरियाली युद्धमा अमेरिका संलग्न भएपछि अमेरिकाले जापानलाई आफ्नो आधार बनाएको थियो । जापानमा अमेरिकी सेनाको उपस्थितीले पनि जापानी अर्थतन्त्रमा ठूलै सहयोग पुगेको थियो ।

सरकारले रेल, सडक, विद्युतसेवालगायतको निर्माणमा जोड दियो । त्यस्तै ज्येष्ठ नागरिकको भत्ता, अपाङ्ग असहाय नागरिकहरुलाई सहयोगको कार्यक्रम पनि शुरु गरियो । यसले सरकारी ढुकुटीमा रहेको पैसा बजारमा फैलियो । यसले पनि जापानी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्यो ।

त्यसपछि पनि जापानले आफ्नो बलियो पक्ष प्राविधिक, अटोमोबाइल तथा स्टिल उद्योग ठानेर त्यसैलाई प्रोत्साहन गर्न थाल्यो । जापान सरकारले उद्योगहरुलाई आन्तिरक खपत भन्दा पनि विदेश निर्यातमुखी बनाउन प्रोत्साहन गर्यो । सोही अनुसार जापानका अटोमोबाइल तथा प्राविधिक कम्पनीहरु सोनी, सुजुकी, तोसिबा, क्यानन, होण्डा, पानासोनिक लगायतले आफ्नो उत्पादनको गुणस्तर तथा प्राविधिक पक्षलाई विश्वभर परिचित गराउन सफल भए । त्यसपछि प्राविधिक उपकरणको जगमा जापानी अर्थतन्त्र उकालो लाग्दै गयो ।

त्यसबाहेक जापानी अर्थतन्त्र उकालो लाग्नुमा स्टिल उद्योगहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण रह्यो । दोश्रो विश्वयुद्धपछिको पुनःनिर्माण तथा पूर्वाधारको विकास तथा मुलुक बाहिर अन्य विकाशशील मुलुकको निर्माणका लागि आवश्यक पर्ने स्टिलको उत्पादनले जापानका स्टिल उद्योगलाई थप प्रोत्साहन गर्यो । यसबाट जापान विश्वको सबैभन्दा महत्वपूर्ण स्टिल उत्पादकको सूचीमा सामेल भइसकेको थियो ।

त्यसबाहेक जापानी अर्थतन्त्रमा अन्य सेवामुलक उद्योगको भूमिका पनि बढ्दै गयो । बैंकिङ क्षेत्र, पर्यटन, बीमा इत्यादी क्षेत्रले पनि जापानी अर्थतन्त्रमा राम्रै टेवा दिन थाले ।

त्यसबाहेक जापानमा अधिक उपभोगको सँस्कृति विकास हुन थाल्यो । यसबाट जापानी उत्पादनहरु लाभान्वित हुन थाले ।

यस्ता अनेक कारणले गर्दा सन् १९७० को दशकसम्म आइपुग्दा जापान विश्वको दोश्रो ठूलो अर्थतन्त्रको रुपमा विकसित भइसकेको थियो । यो कुनै चमत्कार भन्दा कम थिएन ।

सरकारको महत्वकांक्षी कदम

जापानमा आर्थिक विकास हुनुमा सरकारको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । खासगरी तत्कालिन प्रधानमन्त्री हायातो इकेडाको नेतृत्वमा सन् १९६० देखि सन् १९६४ सम्मको सरकारले विभिन्न महत्वकांक्षी कदम चाल्न थाल्यो ।

त्यसबेला सरकारले ऋणमा ब्याज कम गरायो भने निजि क्षेत्रले सरकारलाई तिर्नुपर्ने कर पनि घटायो । यसले निजि कम्पनीहरुलाई थप खर्च गर्न प्रोत्साहित गर्यो । यसबाट जापानी अर्थतन्त्रमा थप उभार आयो ।

त्यस्तै सरकारले त्यतिबेला सरकारी खर्चमा पनि उच्च वृद्धि गर्यो । सरकारले रेल, सडक, विद्युतसेवालगायतको निर्माणमा जोड दियो । त्यस्तै ज्येष्ठ नागरिकको भत्ता, अपाङ्ग असहाय नागरिकहरुलाई सहयोगको कार्यक्रम पनि शुरु गरियो । यसले सरकारी ढुकुटीमा रहेको पैसा बजारमा फैलियो । यसले पनि जापानी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्यो ।

इकेडाको नेतृत्वमा रहेको त्यतिबेलाको सरकारी नीति तथा कार्यक्रमलाई जापानी अर्थतन्त्र उकालो लाग्नुको जस दिने गरिन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ४ : १३ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको