विदेशबाट फर्किएका कामदारलाई निशुल्क सीप परीक्षणको प्रमाणपत्र | Khabarhub Khabarhub

विदेशबाट फर्किएका कामदारलाई निशुल्क सीप परीक्षणको प्रमाणपत्र


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई निःशुल्क सीप परीक्षणको व्यवस्था गर्ने भएको छ ।

रोजगारदाता देशमा सिकेको सीपको निःशुल्क परीक्षण गरी प्रमाणपत्र वितरण गरिने वैदेशिक रोजगार पर्वर्द्धन  बोर्डले जनाएको हो ।

सीप परीक्षणका लागि आउँदो पुष ११ गतेभित्र निवेदन पेश गरिसक्नुपर्ने बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार गत मंसिर १२ गते प्रकाशित भएको सूचना वा बोर्डको साइट र राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइटमा रहेको सूचना बमोजिम सातै प्रदेशबाट आवेदन फारम संकलन हुनेछ ।

यस्तै वैदेशिक रोजगारबाट फर्किएका कामदारको हकमा नियमअनुसारको सीप परीक्षण शुल्क, सीप उत्तीर्ण प्रमाणपत्र, प्रवेशपत्र तथा राहदानीको आधारमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट सोधभर्ना पनि दिइने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन