बलात्कार आरोपी सिद्धबाबा थप ७ दिन 'थुना'मै रहने | Khabarhub Khabarhub

बलात्कार आरोपी सिद्धबाबा थप ७ दिन ‘थुना’मै रहने


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जिल्ला अदालत सुनसरीले जवरजस्ती करणी (बलात्कार)को आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यसअघि थपिएको ३ दिनको म्याद सकिएपछि प्रहरीले सोमबार सिद्धबाबालाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।

अदालतले गिरीमाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको हो ।

सुनसरीको चतरास्थित उनकै आश्रममा रहेकी एक महिला (अनुयायी)ले सिद्धबाबा भनिने गिरीमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

जिल्ला अदालत सुनसरीले गिरीलाई पक्राउ गर्न अनुमति दिएपछि उनी गत मंसिर १३ गते नै अस्पताल भर्ना भएका थिए ।

प्रहरीले गत सोमबार (मंसिर १६ गते) गिरीलाई अस्पतालबाट ‘पक्राउ’ गरी अदालतमा उपस्थित गराएको थियो ।

तर, गिरी भने आफूलाई मुटुको समस्या रहेको भन्दै विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमै छन् ।

सोमबार पनि अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि गिरी प्रहरी हिरासतमा नगई अस्पताल नै गएका हुन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : ४५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न