नेकपा स्थायी कमिटी बैठकमा १२ जना नेताले राखे धारणा | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठकमा १२ जना नेताले राखे धारणा


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका हुन् ।

सोमबारको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश साह, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नी सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देवेन्द्र पौडेल, पम्फा भुसाल र देव गुरुङले अध्यक्ष प्रचण्डद्वार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए ।

सोमबार बोलेका अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टीको संगठन निर्माणलाई अझ सुदृढ ढंगले अगाडि बढाइए विधि र पद्दतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सोमबार आफ्नो धारणा राखेका नेताहरुले पार्टीभित्रको गुटबन्दी तथा भ्रष्टीकरणलाई अन्त्य गर्ने सम्बन्धमा समेत आ–आफ्नो राय प्रस्तुत गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले मंगलबार बिहान ११ बजे पुन: बस्ने गरी सोमबारको बैठक सकिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : ०४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६