त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनका लागि तयार | Khabarhub Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनका लागि तयार


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टासम्म उडान तथा अवतरण हुने गरी पूर्ण क्षमतामा सञ्चालनका लागि तयार भएको छ ।

विभिन्न चरणमा भइरहेका सुधार र जिर्णोद्धारका कामहरु सकिएपछि विमानस्थल अब २१ घण्टा नै सञ्चालनमा आउने गरी तयार भएको हो ।

दोस्रो चरणको मर्मतअन्तर्गत भदौ दोस्रो सातादेखि विमानस्थल दैनिक ७ घण्टा बन्द हुँदै आएको थियो । दोस्रो चरणको मर्मतअन्तर्गत धावनमार्ग र ट्याक्सी वेको जिर्णोद्धार गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

केसीका अनुसार दोस्रो चरणको मर्मतको ठेक्का लिएको निर्माण कम्पनीले मर्मत सकेर सोमबार राति नै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दै छ ।

यद्यपि, अहिले नै विमानस्थललाई २१ घण्टा सञ्चालनमा भने नल्याइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थललाई जनवरी १ देखि २१ घण्टा सञ्चालनमा ल्याइने जनाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : ३४ बजे

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर