नेकपा स्थायी कमिटी बैठक– सचिवालयलाई ११ सदस्यीय बनाउन माग | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक– सचिवालयलाई ११ सदस्यीय बनाउन माग


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पार्टी सचिवालयलाई ९ सदस्यीबाट ११ सदस्यीय बनाउन माग उठेको छ ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय सदस्यको संख्या बढाएर ११ पु¥याउनुपर्ने माग अगाडि सारेकी हुन् ।

सचिवालयमा सबैजना पुरुष सदस्य मात्रै भएको भन्दै नेतृ शाक्यले २ जना महिलालाई थपेर ११ सदस्यीय सचिवालय बनाउन माग गरेकी हुन् ।

आइतबारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा सोमबारदेखि राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको हो ।

सोमबार बैठक जारी रहँदा ९ जना नेता (स्थायी समिति सदस्य)हरुले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबारको बैठकमा वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नी सापकोटा, योगेश भट्टराई, गणेश साहलगायतले आफ्नो धारणा राखेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : २० बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार