एनआईसी एशिया बैंकको एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा | Khabarhub Khabarhub

एनआईसी एशिया बैंकको एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ ।

ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो ।

मंगलबजार शाखाकोे उद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे उद्घाटन एन आई सी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गरे ।

यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : ५१ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र