तीन महिनाको कुरा नमिल्दा देउवा र पौडेल पक्षबीच विवाद | Khabarhub Khabarhub

तीन महिनाको कुरा नमिल्दा देउवा र पौडेल पक्षबीच विवाद



काठमाडौं– पार्टी भित्र देखिएको विवाद समाधानका लागि बसेको नेपाली कांग्रेस संस्थान र संस्थापन इतरको बैठक विना कुनै निष्कर्ष टुंगिएको छ ।

सोमबार विहान १० बजेदेखि कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक विना कुनै निष्कर्ष टुंगिएको हो ।

समस्या समाधानको जिम्मा पाएका सभापति देउवा पक्षका नेतासमेत रहेका उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षका नेता प्रकाशमान सिंह, दिलेन्द्र बडु र हृदयराम थानीको उपस्थितीमा बैठक भएको थियो ।

वार्ता कुनै निकासमा नपुगेका कारण आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि अन्योलमा परेको छ ।
रामचन्द्र पौडेल पक्षधर नेताहरुले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बैठकमा नआउँदासम्म बैठकमा बस्न नसकिने बताउँदै आएका छन् ।

बैठकमा सहभागी पौडेल पक्षका नेता हृदयराम थानीले वार्ता कुनै निष्कर्षमा नपुगेको र छलफलपछि उहाँहरु(देउवा पक्ष) ले खबर गर्ने बताएको जानकारी दिए ।

‘विहान बसेको बैठकमा कुनै ठोस निर्णय भएको छैन’ नेता थानीले भने,‘उहाँहरु आफ्ना कुराबाट टसकामस हुनुभएको छैन । हामीले हाम्रा कुरा राखेका छौं । सल्ला गरेर खरबर गर्छौं भन्नु भएको छ ।’

आजको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने वा नहुनेबारे कुनै निष्कर्ष नभएको उनले बताए । ‘उहाँहरुले खबर गर्छौ भन्नु भएको छ हेरौं सकारात्मक भयो भने हो’ उनले भने,‘मिलेर जानुपर्छ भन्नेमा हामी सबै सहमत छौं तर समस्या त समाधान हुनु पर्‍यो नि ।’

उपसभापति निधिले भने छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । पार्टी भित्रको असन्तुष्टि पार्टीकै बैठकमा बसेर समाधान गर्न आफूले आग्रह गरेको निधिको भनाइ छ ।

‘पार्टी भित्रका समस्या समाधानका लागि पार्टीका बैठकहरुमा कुरा गर्नु पर्यो‍’ उपसभापति निधिले खबरहबसँग भने,‘उहाँहरुलाई पार्टीको बैठकमा आउनुस् चित्त बुझेन भने बैठकमा नबस्नुहोला भनेका छौं । उहाँहरुले सल्लाह गर्छौं भन्नु भएको छ ।’

उहाँहरु(पौडेल पक्षधर) नेताहरु बैठकमा आउने भए बैठक बेलुका वा जुनसुकै बेला पनि बस्न सकिने नेता निधिले बताए ।

तीन महिनाले मिलेन कुरा !

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यसूची समावेश गर्नुपर्ने प्रस्तावलाई प्राथमिकतामा राख्दै आएका छन् । तर देउवा भने भ्रातृ संस्था, विभाग लगायतको समस्या समाधान गरेपछि मात्र महाधिवेशनको विषयमा कुरा गर्ने पक्षमा रहेको छ ।

तर पौडेल पक्षले भने महाधिवेशनको मिति तय गर्नुपर्ने, केन्द्र देखि वडा सम्मको महाधिवेशनसँग सम्बन्धित तालिका तय गर्नु पर्ने माग राख्दै आएको छ ।

,‘महाधिवेशनको तालिका तोक्नु पर्‍यो त्यस्तै वडा देखि केन्द्रसम्मको तालिका आउनु पर्यो‍ ’पौडेल पक्षका नेता थानीले भने, ‘विभाग र नेविसंघ र तरुण दल लगायतमा देखिएको समस्या समाधान हुनु पर्‍यो ।’

उपसभापति निधिका अनुसार पौडेल पक्षले प्रस्ताव गरेको र देउवा पक्षले भनेको महाधिवेशनको मितिमा भने तीन महिनाको मात्र फरक रहेको छ ।

‘उहाँहरुले २०७७ सालको मंसिर पहिलो साता महाधिवेशन गरौं भन्ने प्रस्ताव राख्नु भएको छ’ नेता निधिले भने,‘यसबारे छलफल गर्न सकिन्छ तर, २०७७ को फागुन हामीले प्रस्ताव गरेका छौं ।’

कार्यकाल सकिनै लाग्दा सभापति देउवाले महाधिवेशनको तालिका बनाउन चासो नदिएको भन्दै वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर असन्तुष्ठ देखिएका हुन् ।

महाधिवेशनको तालिकाको सट्टा देउवाले विभागहरु थप्ने लगायतका प्रस्ताव ल्याएको भन्दै पौडेल र सिटौला पक्षका नेताहरु रुष्ट बनेका हुन् ।

महाधिवेशन तालिका, नेविसंघ, तरुण दललगायतका भ्रातृ संस्थाको नेतृत्व चयन, विभागहरु गठनलगायतका विषयमा देउवा र पौडेल पक्षबीच विवाद छ । यी विवाद चर्किएपछि २६ मंसिरमा पौडेल र सिटौला पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए भने सोमबार बोलाइएको बैठकमा पनि वरिष्ठ नेता पौडेल पक्षधर नेताहरु उपस्थित भएनन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : ४१ बजे

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी