मोवाइल र इन्टरनेट बैंकिङमा प्रयोगकताको आकर्षण बढ्दो, ८५ लाखमा सेवा विस्तार | Khabarhub Khabarhub

मोवाइल र इन्टरनेट बैंकिङमा प्रयोगकताको आकर्षण बढ्दो, ८५ लाखमा सेवा विस्तार


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकहरुले नयाँ–नयाँ प्रविधिमार्फत सेवा विस्तार क्रम बढ्दो छ । सो अनुसार विगत केही वर्षयता बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग गरेर सेवा चुस्त बनाउन थलिएको छ ।

अहिले मानिसहरुमा जतिसक्दो छिटो र कम खर्चिलो सेवा प्रयोग गर्ने खोजीरहेका छन् । सोहीअनुसार मिनेटमा सेवा दिन बैंकहले प्रविधिको प्रयोग गर्ने गरेर सेवा विस्तार गर्ने थालेका छन् ।

आर्थिक वर्ष २०७५ /०७६ को अन्त्यसम्म इन्टरनेट बैंकिङका ग्राहक संख्या ९ लाख १७ हजार ३ सय ४४ पुगेको नेपाल राष्ट्र बैंकको तंथ्याकमा उल्लेख गरिएको छ । जसमा ८ लाख ८८ हजार २ सय ६८ ग्राहक ‘क’ वर्गका वाणिज्य बैंकहरुमा रहेका छन् ।

बैंकको तथ्यांक अनुसार, ‘ख’ वर्गका विकास बैंकहरुको इन्टरनेट बैंकिङका ग्राहक संख्या २४ हजार १ सय २४ र ‘ग’ वर्गका वित्त कम्पनीका ४ हजार ९ सय ५२ पुगेको छ

१ वर्षको अवधिमा करिब १ लाखले इन्टरनेटमार्फत बैंकिङ ग्राहक बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष ०७४/७५ मा ‘क’ वर्गका वाणिज्य बैंकहरुको ८ लाख १६ हजार ७४, विकास बैंकहरुको १४ हजार ६ सय ३४ र वित्त कम्पनीहरुको ३ हजार ५ सय ९४ गरी जम्मा ८ लाख ३४ हजार ३ सय २ जना इन्टरनेट बैंकिङका ग्राहक रहेको बैकको तंथ्याकमा छ ।

मोवाइल बैंकिङ प्रयोगकर्ता बढ्दै

मोवाइल बैंकिङका ८३ लाख ४७ हजार मोवाइल बैंकिङमा त एक वर्षमै ३३ लाख प्रयोगकर्ता बढेको बैकको तंथ्याकमा देखाएको छ ।

आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्म मोवाइल बैंकिङका ग्राहक ५० लाख ८६ हजार ६९ रहेकोमा जसमा वाणिज्य बैंकका ४७ लाख ११ हजार ९७ जना, विकास बैंकका ३ लाख ५१ हजार ७ सय ९६ र वित्त कम्पनीका २३ हजार १ सय ७६ जना रहेको बैकको तंथ्याकमा छ । विगतको तुलनामा १ वर्षमा ३३ लाख प्रयोग कर्ता बढेका छन् ।

आव ०७५/७६ मा मोवाइल बैंकिङका प्रयोगकर्ता वाणिज्य बैंकका ७४ लाख ६ हजार ८ सय २, विकास बैंकका ९ लाख ९ हजार ५ सय १२ र वित्त कम्पनीका ३० हजार ८ सय ७३ पुगेका छन् । गत आवमा मोवाइल बैंकिङ प्रयोगकर्ता ८३ लाख ४७ हजार १ सय ८७ पुगेको राष्ट्र बैंकको तंथ्याकमा छ ।

इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ प्रविधिले गुणस्तर पनि बृद्धि गरिरहेकाले प्रयोगको संख्या बढीरहेका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

नेपालमा हाल अधिकांश वाणिज्य बैंकले इन्टरनेट बैंकिङको सुविधा दिएका छन् भने अधिकांश वाणिज्य बैंकले मोवाइल बैंकिङको सुविधा ग्राहकलाई दिएको उनले बताए ।

‘प्रविधिकै कारण गाउँ गाउँमा शाखारहित बैंकिङ सेवा पुगेको छ । घण्टौं लाइन लाग्नु पर्ने बाध्यता मोवाइलले हटाई दिएको छ । नेपाली बैंकिङ क्षेत्रमा सूचना प्रविधिको राम्रो पहुँच र प्रयोग भएको पाइन्छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् ’ उनले भने ‘ बैंकहरूले अत्याधुनिक किसिमका प्रविधिबाट आम ग्राहकहरूलाई सेवा दिँदा सानादेखि ठूलासम्मका काम प्रविधिकै सहयोगमा हुने गरेको छ । कुनै कुरा किनमेलका लागि अब गोजीमा पैसा बोकेर हिँड्ने चलन हराउँदै जान थालेको छ ।’

विगतको तुलनामा वाणिज्य बैंक मात्र होइन अन्य विकास बैंक र वित्तीय संस्थाहरुले पनि प्रविधिमैत्री सेवा दिइरहेको उनको भनाइ छ ।

कुनै समय थियो, बैंकमा रकम जम्मा गर्न, निकाल्न वा कतै पठाउन लामाबद्ध भएर बस्नुपर्ने । तर, तर अहिले अवस्था फेरिएको छ । अब घरबाटै इन्टरनेटमार्फत यस किसिमका बिल भुत्तानी गर्न सम्भव भएको हो । बैंकहरूले प्रदान गर्ने इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या दैनिक बढीरहेको छ ।

खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको बैंकरहरु बताउँछन् ।

नेपालमा प्रविधिको प्रयोग बढ्दै पनि गएको छ । इन्टरनेट र मोवाइल बैंकिङमा नेपालीहरु आकर्षित हुदै गएको तथ्यांकले देखाउँछ । कागजरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिकै कारण इन्टरनेट र मोवाइल बैंकिङ कारोबार बढेको हो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १२ : १४ बजे

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा