राजनीतिक प्रतिवेदनमा छलफल गर्दै नेकपा, बैठक बस्ने नबस्नेबारे कांग्रेसमा अन्योल | Khabarhub Khabarhub

राजनीतिक प्रतिवेदनमा छलफल गर्दै नेकपा, बैठक बस्ने नबस्नेबारे कांग्रेसमा अन्योल


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख दुई राजनीतिक दल बैठकमा जुटेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीको महत्वपूर्ण बैठकमा जुटेका हुन् ।

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक हिजोबाट शुरु भएको छ भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक विहीबारबाट शुरु भएपनि बस्न सकिरहेको छैन ।

आइतबारबाट शुरु नेकपाको स्थायी कमिटी बैठक आज विहान ११ बजे पुन बस्दैछ भने नेपाली कांग्रेसले दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

हिजो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।
नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा प्रचण्डले तयार गरेर पेश गरेको प्रतिवेदनमा प्रचण्डले राष्ट्रिय(अन्ताष्ट्रिय राजनीतिक अबस्था, सरकारको काम, उप(चुनावको समीक्षा र आगामी ६ महिने कार्ययोजनालगायतका सात शीर्षकमा ११ पृष्ठ रहेको छ ।

राजनीतिक प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त अवस्थामा रहेको बताएका छन् ।

राजनीतिक प्रतिवेदनमा पार्टी संस्थागत नै हुन नसकेको उल्लेख गरेका प्रचण्डले पार्टीभित्र विभिन्न गुटहरु झाँगिदै जान थालेको समेत बताएका छन् । साथै, पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा रहेको पनि प्रचण्डको ठहर छ ।

उपचुनावको नतिजाले पार्टीलाई धक्का दिएको निष्कर्ष निकालेका छन् । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा उपचुनावमा संख्यात्मक जित भए पनि उत्साहजनक नरहेको निचोड निकालिएको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने केन्द्रीय कार्यसमिति बैठक बस्छ कि बस्दैन भन्ने अन्योल रहेको छ ।

१४ औं महाधिवेशनको कार्यतालिका बैठकको कार्यसूची नबनेसम्म बैठकमा बस्न नसकिने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडानका कारण विहीवारबाट कांग्रेस बैठक बस्न सकेको छैन । पौडेललाई अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि साथ दिइरहेका छन् ।

नेता पौडेललाई मनाउन देउवाले प्रयास गरेपनि सफल हुन सकेका छैनन् । गत शनिवार पौडेल निवास पुगेरै देउवाले सहमतिमा आउन पौडेललाई आग्रह गरेपनि सफल हुन सकेनन् ।

आइतवार(हिजो) का लागि बैठक बोलाइएपनि नेता पौडेल पाथीभर दर्शका लागि ताप्लेजुङ पुगेका थिए भने नेता सिटौला पनि बैठकमा सहभागी भएनन् । जसका कारण बैठकमा कार्यसूचीबारे कुनै छलफल हुन सकेन ।

संस्थापन पक्षले वरिष्ठ नेता पौडेल पक्षधर नेता नआएपनि बैठक सञ्चालन गर्ने तयारी गरेको थियो तर बैठक आजका लागि सारिएको छ । पार्टी सभापति देउवाले पौडेल पक्षसँग सहमति गरेर बैठक सञ्चालन गर्ने प्रयास जारी राखेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : २३ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का