डीडीटी अर्थात् मृत्यु निम्त्याउने किटनाशक औषधि | Khabarhub Khabarhub

डीडीटी अर्थात् मृत्यु निम्त्याउने किटनाशक औषधि



प्रतिबन्ध लगाइएका हानिकारक किटनाशक औषधिहरुको प्रयोग नेपलमा भैरहेका समाचार आएका छन् । ती मध्ये मलेरीया तथा अन्य रोगको लागि विगतमा अत्यधिक प्रयोग गरिएको तर हाल विश्वब्यापी रुपमा प्रतिबन्ध लगाइएको औषधि हो– डीडीटी । डीडीटी के हो र यसका वातावरणीय तथा मानवीय स्वास्थमा पर्ने असरबारे जानकार हुनु आवश्यक छ ।

डीडीटी अर्थात डाइक्लोरो डाइफिनाइल ट्राइक्लोरोइथेन । यो एउटा स्वाद विहिन सेतो धूलो हो । यसलाई एकजना अष्ट्रियन वैज्ञानिकले सन १८७४ मा तयार पारेका थिए । किसान र स्वास्थ्यकर्मीहरुबीच किटनाशक औषधिको रुपमा केही दशक अघिसम्म अत्यन्त लोकप्रिय डीडीटीलाई हाल संसारका अधिकांश देशहरुमा यसको उत्पादन र प्रयोग गर्नमा प्रतिवन्ध लगाइएको छ ।

जानकारीमा आए अनुसार भारतको एउटा कारखाना वाहेक संसारका कुनै पनि देशमा आधिकारिक रुपमा यसको उत्पादन हुने गरेको छैन । नेपालमा भने भारत तथा अन्य देशका पुरानो स्टकबाट डीडीटी आयात गरी प्रयोग भई नै रहेको पाइएको छ । डीडीटीबाट प्राकृतिक वातावरण तथा मानिसको स्वास्थ्यमा लामो समय पछि पनि प्रतिकुल असरहरु पर्ने देखिएका छन् ।

डीडीटीको कारणबाट मानिसहरुमा क्यान्सर, रगत तथा नसासम्बन्धी रोग, बच्चा जन्मदा नै अपाग हुने, महिलाहरुमा गर्भपतन हुने तथा मगज, मुगौला र कलेजोमा क्षति पुग्ने गर्दछ

डीडीटीलाई किटनाशक औषधीको रुपमा प्रयोग गर्न सकिने तथ्य सन १९३९ मा स्वीस वैज्ञानिक “पाउल मुलर” ले पत्ता लगाएका हुन् । उनलाई यस वापत सन १९४८ को नोवेल पुरस्कार पनि प्रदान गरिएको थियो ।

द्वितीय विश्वयुद्धको समयमा किट्नाशक औषधिको रुपमा यसको प्रयोग निकै भयो । त्यसपछि यसको प्रयोग मलेरिया फैलाउने लामखुट्टे, तथा अन्य विभिन्न रोगका जीवाणु बाहक कीराहरुलाई मार्न घर वरिपरि, खेतबारी , फलफूल, बगैँचाहरुमा र अन्न भण्डारमा पनि अत्यधिक हुनथाल्यो ।

वास्तवमा.मानिसहरुलाई अकाल मृत्युबाट जोगाउन, कृषि उत्पादन बढाउन.र अन्न भण्डार गर्दा कीराहरुबाट हुने क्षतिलाई जोगाउन संभवत : डीडीटी को जत्तिको योगदान अन्य कुनै किटनाशक औषधीबाट भएको छैन । यसको उपयोगिताबाट प्रभावित भएर बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले एकपटक यसलाई अचम्मको धूलो (Miraculous Powder) भनेका थिए ।

सन् १९४० देखि सन १९८० को दशकसम्म यसको प्रयोग संसारका हरेक कुनामा अत्यधिक रुपका भयो । सन १९७० मा मात्रै विश्वमा यसको उत्पादन १,७५,००० टन पुगेको थियो । डीडीटीका हानिकारक असरहरुबारे सन १९६२ मै वातावरण लेखिका राचेल कार्सनले उनको चर्चित पुस्तक “साइलेन्ट स्प्रिङ्ग” मा उल्लेख गरे कि थिइन् । तर डीडीटीको असर मानिसमा तत्काल नदेखिने, धूलोले छालामा असर देखाउने तथा यसबाट वातावरण तथा मानिसको स्वास्थ्यमा पर्ने हानिकारक असरहरुबारे अध्ययरत अनुसन्धान प्रशस्त भै नसकेकाले यसको प्रयोग सन् १९८० को दशकसम्म वढ्दै नै रह्यो ।

डीडीटी लामो समयसम्म वातावरणमा जम्मा भएर रहन सक्छ, यो पानी तथा वोसोमा घुल्छ र मृर्गौला, अण्डकोष, कलेजो तथा अन्य वोसे तन्तुहरुमा जम्मा हुन्छ । यो जीवित वस्तुहरुमा आहार चक्र पानी तथा हावाको माध्यमबाट प्रवेश गर्दछ । यसरी प्रवेश गर्दा यसको मात्रा बढ्दै जान्छ ।

आज कुनै एउटा ठाउँमा डीडीटी छरिएको छ भने यसको असर छरेको ठाउँ भन्दा धैरै टाढा र धेरै समय पछिसम्म देखा पर्न सक्छ । डीडीटीको कारणबाट मानिसहरुमा क्यान्सर, रगत तथा नसासम्बन्धी रोग, बच्चा जन्मदा नै अपाग हुने, महिलाहरुमा गर्भपतन हुने तथा मगज, मुगौला र कलेजोमा क्षति पुग्ने गर्दछ ।

एक परीक्षणबाट थाहा भएअनुसार ०.१ माइक्रोग्राम प्रतिलिटर डीडीटीको मात्राले पानीमा पाइने सुक्ष्म वनस्पतिहरुको प्रकाश संरलेषण क्रिया तथा वनस्पतिक वृद्धि ठप्प गराइदिन सक्छ ।

माछा, भ्यागुता तथा पानीमा पाइने अन्य जीवजन्तुहरुलाई डीडीटी अति नै हानिकारक हुन्छ । यसले ती जन्तुहहको वृद्धि तथा सन्तान उत्पादनमा असर पार्ने तथा भ्रुणलाई क्षति पुग्ने देखिएको छ । डीडीटीले चमेराहरुलाई पनि असर पुग्याउँछ तर मौरी र गड्यौलाहरुलाई भने कम क्षति पुग्ने देखिएको छ । डीडीटीमानिसमा पानी, हावा, एवं चरा, माछा तथा स्तनधारी जन्तुको माध्यमबाट प्रवेश गर्दछ ।

वास्तवमा सकेसम्म डीडीटी मात्र होइन, कृत्रिम रुपमा तयार पारिएका अन्य किटनाशंक औषधिहरुको प्रयोग गर्नु भन्दा रोग किराहरूलाई जैविक प्रकृयाबाट नियन्त्रण गरिनु बातावरण तथा स्वास्थ्यको दृष्टिले अत्यन्त राम्रो हुन्छ

समग्रमा, जैविक तथा रासायनिक प्रकृयाबाट नटुक्रिने, लामो समयसम्म बातारणमा रहनसक्ने, आहारा, पानी, हावाको माध्यमबाट एकबाट अर्कोमा सर्ने तथा चराचुरुङ्गी, माछा भ्यागुता, घरेलु गाईवस्तु एवं अन्तत मानिसलाई पनि असर पुस्याउने भएकोले डीडीटीलाई अत्यन्त हानिकारक यौगिकको रुपमा लिइएको छ । “रिचेल कार्सन” ले कृत्रिमरुपमा तयार पारिएका यंस्ता किटनाशक औषधीहरुलाई ’मृत्यु निम्त्याउने“ भनेकी छिन् ।

नेपालमा डीडीटीलाई सन १९५० को दशकमा भित्र्याइएको थियो । तराई, काठमाण्डौ उपत्यका र मध्य पहाडि क्षेत्रका सुगम जिल्लाहरुमा यसको प्रयोग विगतमा निकै भयो । विगतमा गरिएको परीक्षण अनुसार काठमाण्डौ उपत्यकामा दुध. मासु तथा अन्य खाद्य परिकारहरुमा पाइएको डीडीटी.को मात्रा संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठन (WHO) तथा विश्व स्वास्थ्य संगठन (ध्ज्इ) ले तोकेको हद भन्दा धेरै माथि रहेको पाइएको छ ।

वास्तवमा सकेसम्म डीडीटी मात्र होइन, कृत्रिम रुपमा तयार पारिएका अन्य किटनाशंक औषधिहरुको प्रयोग गर्नु भन्दा रोग किराहरूलाई जैविक प्रकृयाबाट नियन्त्रण गरिनु बातावरण तथा स्वास्थ्यको दृष्टिले अत्यन्त राम्रो हुन्छ । तसर्थ, नेपालमा तत्काल डीडीटी तथा अन्य हानिकारक किटनाशक औषधिको प्रयोगमा रोक लगाई निम, वकैनो, तीतेपाती, असुरो आदीको रसबाट तयार पारिएका जैबिक नियन्त्रणका उपायहरुबारे अध्ययन अनुसन्धानमा प्रोत्साहन दिइनु अति आवश्यक देखिएको छ ।

(लेखक विपद् जोखिम न्यूनीकरण बिशेषज्ञ हुन्)

[email protected]

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ८ : १० बजे

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ