रहेनन् विकास बोर्ड अध्यक्ष केशव भट्टराई | Khabarhub Khabarhub

रहेनन् विकास बोर्ड अध्यक्ष केशव भट्टराई


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । उनको आइतबार राति करीब १०:१५ बजे हृदयाघातका कारण निधन भएको हो ।

अकस्मात हृदयाघात भएपछि उनलाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल श्रोतले जनाएको छ ।

५१ वर्षीय भट्टराईले कैयन् चलचित्र निर्माण गएका थिए । पछिल्लो समय उनले ‘यात्रा’ नामक फिल्म निर्माण गरेका थिए ।

चलचित्रहरु र टेलिसिरियलहरुमा अभिनय गरेका केशवले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका फिल्म निर्माण गरेका थिए ।

उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनको शवलाई सोमवार पोस्ट्मार्टम गरिने जनाइएको छ ।

भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : १८ बजे

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ