इमर्जिङ टिम्स कप– नेपालद्वारा हङकङ पराजित | Khabarhub Khabarhub

इमर्जिङ टिम्स कप– नेपालद्वारा हङकङ पराजित


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो जित हात पारेको छ ।

हङकङले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङ ‍४५.५ ओभरमा १७७ रनमै अलआउट भयो ।

हङकङको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका तीव्र गतिका बलरद्वय अभिनास बोहरा र करण केसीले ३–३ विकेट लिए । सुसन भारीको नाममा २ विकेट रह्यो ।

नेपालका लागि शरद भेषवाकरले उत्कृष्ट व्याटिङ गर्दै अर्धशतक पूरा गरे। १ सय ३९ बलको सामना गरेको शरदले नौ चौकाको मद्दतमा ८९ रन बनाए।

यस्तै आरिफ शेखले ४२, दिपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५ रन जोडे।

नेपाललाई मध्यम स्कोरमा समेट्न हङकङका अजिज खानले तीन तथा नस्रुल्लाह राना र एहसान खानले दुई–दुई विकेट लिएका थिए ।

२ सय १८ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको हङकङले ४५ ओभर पाँच बलमा अलआउट हुँदै १ सय ७७ रन मात्रै जोड्न सक्यो । ब्याटिङमा हङकङका किन्चित ५३ रन र इशान नवाजले ४४ रनको योगदान दिए ।

यसअघि आफ्नो पहिलो खेलमा भारत यु-२३ टिमसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ५ : २६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा