महिला भलिबल टोलीलाई प्रधानमन्त्रीले दिए बधाई | Khabarhub Khabarhub

महिला भलिबल टोलीलाई प्रधानमन्त्रीले दिए बधाई


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन भलिबल फेडेरेसन (एभीसी) सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक विजेता महिला भलिबल टोलीलाई बधाई दिएका छन् ।

बिहीबार स्वर्ण जितेर शुक्रबार स्वदेश फर्किएको भलिबल टोलीलाई प्रधानमन्त्री ओलीले आज बधाई दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता बन्न सफल भएकोमा नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’

आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विजेता टोलीका खेलाडी तथा अफिसियललाई जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा पनि गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ८ : १९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६