साढे ७ लाख रुपैयाँसहित वीरगञ्जबाट हुण्डी कारोबारी पक्राउ | Khabarhub Khabarhub

साढे ७ लाख रुपैयाँसहित वीरगञ्जबाट हुण्डी कारोबारी पक्राउ


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले साढे ७ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारती नम्बर प्लेट बीआर–०५–एबी ६३०२ को मोटरसाइकलमा सवार २ जनालाई ७ लाख ४९ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको रक्सौल घर भएका २० वर्षीय सोनु कुमार र सोही ठाउँका २० वर्षकै अंकित कुमार छन् ।

प्रहरीका अनुसार उनीहरु विगत केही समयदेखि हुण्डी कारोबार संलग्न रहेका पाइएको छ ।

प्रहरीले उनीहरुमाथि बैंक तथा वित्तीय कारोबारसम्बन्धी ऐनअन्तर्गत अवैध वित्तिय कारोबार (हुण्डी)मा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : २९ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्