४ दिन अस्पतालमा बसिन् लता मंगेशकर, यी लोकप्रिय गायिकाको स्वास्थ्यमा हुँदैछ सुधार | Khabarhub Khabarhub

४ दिन अस्पतालमा बसिन् लता मंगेशकर, यी लोकप्रिय गायिकाको स्वास्थ्यमा हुँदैछ सुधार


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोकिल स्वरकी धनी भारतीय लोकप्रिय गायिका लता मंगेशकर ४ दिनदेखि अस्पतालमा भर्ना भएकी छिन् । भाइरल बिमारले उनलाई सास फेर्न गाह्रो भएको छ ।

उनको मुम्बईस्थित ब्रीज क्याण्डी अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सुधारका लागि कैयन् फ्यान र सेलिब्रेटीले प्राथना गरेका छन् ।

हिजो राति (बिहीवार) लता मंगेशकर निधन भएको खबर सामाजिक सञ्जालमा फैलियो । त्यसपछि परिवारले लता मंगेशकरको ट्वीटर एकाउन्टबाट उनको स्वास्थ्यको दिएको थियो ।

ट्वीटरमार्फत भनिएको छ, ‘लता दिदीको हालत स्थिर छ र रिकभर भइरहेको छ ।’

लता मंगेशकरको स्वास्थ्यलाई लिएर फ्यानको पनि उत्तिकै चासो बढेको छ । फ्यानले उनको स्वास्थ्य लाभको कामना गर्दै प्राथना गरेका छन् ।

९० वर्षीया लताको स्वास्थ्यमा सुधार भइरहेको छ । अस्पतालले उनलाई पूर्ण रुपमा निको हुन केही समय लाग्ने बताएको छ ।

लताले हिन्दीसहित अन्य भाषाका गीत पनि गाएकी छिन् । पछिल्लो समय भने उमेर ढल्केसँगै लता बिरामी पर्दै गएकी छिन् । कोकिल स्वरका कारण लताका गीत अहिलेको पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०