जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएपछि चर्को आलोचना | Khabarhub Khabarhub

जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएपछि चर्को आलोचना


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानमा महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका समाचारहरु सार्वजनिक भएसँगै यसबारे नयाँ बहस शुरु भएको छ ।

जापानी सञ्चार माध्यमहरुका अनुसार केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाएको बताएका छन् ।

यससँगै जापानमा यसबारेमा नयाँ बहस शुरु भएको हो । यो विषयले सामाजिक सञ्जालमा चर्को विवाद निम्त्याएको छ।

खुद्रा सामान बेच्ने पसहहरूले चस्मा लगाउने सहयोगीहरूबाट ग्राहकलाई “चिसो भाव” प्रकट हुने बताएका थिए । जापानका सामाजिक सञ्जालहरूमा पोशाक र कार्यक्षेत्रमा महिलाहरूबारे तीव्र बहस ल्याएको छ।

निप्पन टीभी नेटवर्क र बीजनेश इनसाइडरले यसबारे रिपोर्ट गरेका थिए जसमा कैयौँ कम्पनीहरूमा कसरी महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ भन्ने देखाएका थिए । त्यसमा विमान कम्पनीले सुरक्षाको कारण देखाएको र सौन्दर्य क्षेत्रमा काम गर्नेहरूले सौन्दर्य सामग्री प्रयोग गरेको प्रष्ट देख्न नसकिने कारण रहेको देखाइएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ५७ बजे

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा