निर्वाचनका नाममा जनतालाई धोका– शिव सेना नेपाल | Khabarhub Khabarhub

निर्वाचनका नाममा जनतालाई धोका– शिव सेना नेपाल


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिव सेना नेपालले निर्वाचनका नाममा जनतालाई धोका हुने गरेको आरोप लगाएको छ ।

शिव सेनाले विज्ञप्ति जारी गर्दै राष्ट्र र राष्ट्रियता तथा धर्म र संस्कृतिको रक्षाका लागि उपनिर्वाचन वहिष्कार गर्न आम जनतालाई आह्वान गरेको छ ।

चुनाव जितेर सत्तामा पुगेपछि दलका नेताहरुले जनतालाई आश्वासन बाहेक अरु केही पनि गर्न नसकेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ– राष्ट्र जोगाउन, धर्मसंस्कृतिको रक्षा गर्न, नेपाल र नेपालीको न्याय, मुक्ति र स्वाधीनताका लागि कथित उपनिर्वाचन बहिष्कार गर्न सम्पूर्ण नेपाली जनतामा शिव सेना हार्दिक आह्वान गर्दछ ।’

विज्ञप्ति पूर्ण पाठ

द्रव्यको लालचमा विदेशीको पाउमा हिन्दुधर्म चढाएर विदेशीको जुठो खाएर विदेशी गीत गाउन भेला भएका प्रमुख राजनीतिक दलहरुले मंसिर १४ मा पुनः निर्वाचनको मिति घोषणा गरेका छन् ।

यो यस्तो निर्वाचन हो, जहाँ ‘धर्मलाई अफिम’ भनेर भैंसीको पूजा गर्नेहरु, नेपालआमालाई अपशब्द भन्नेहरु, ‘मित्रताका अगाडि १०–२० हजार हेक्टर जमिन केही होइन’ भन्नेहरु सहभागी छन् ।

पैशामा धर्म, इमान र नैतिकता बिक्री गर्ने र विदेशीकै पैशामा ‘होली वाइन’ पिएर ‘आमेन’ भन्दै नेपाली धर्म संस्कृतिलाई सामन्तीहरुको संस्कार भन्नेहरुका लागि निर्वाचन एक उत्सव हो, जहाँ लाखौं नेपालीको सपना एकसाथ चकनाचुर पारिन्छ ।

नेपाल र नेपालीको सांस्कृतिक धरोहरलाई एकपछि अर्को गर्दै नामेट पार्न यिनै राजनीतिक दल क्रियाशील भए । यिनीहरुले क्रिष्चियानिटी प्रबद्र्धन गर्न ‘होली वाइन’ उत्सव गरे, हिन्दुराष्ट्र नेपालको मान्यता हटाएर मुलुकलाई नकारात्मक भावतर्फ लैजान धर्मनिरपेक्षता लागू गरे । कुनै पनि राष्ट्रको धर्म हुँदैन भन्ने आतंकवादी स्कुलिङमा फसेर मुलुकलाई धर्मनिरपेक्ष कायम गरे ।

आतंकवादी पृष्ठभूमिबाट आएकाहरुले राष्ट्रको धर्म हुँदैन भन्नु सर्वथा कुतर्क हो । वास्तविकता त के हो भने आतंकवादीहरुको चाहिँ कुनै धर्म हुँदैन । तिनै आतंकवादीहरुले देशको पनि धर्म हुँदैन भन्दै मुलुकलाई धर्मनिरपेक्षतामा लगे ।

जसले यो देश बनायो, जसले यो देशलाई कसैको गुलाम हुनबाट जोगायो त्यही राजसंस्थालाई आज सामन्ती देखेर विदेशीको पाउँमा आफ्नो शिर राख्नुलाई आज नेताहरुले आफ्नो पुरुषार्थ ठानिरहेका छन् । नेपाल र नेपालीको एकताको प्रतीक भनेको राजसंस्था नै हो । यो तथ्य आज आएर प्रमाणित भइसकेको छ ।

हिजो नालापानीको युद्ध गरेर जोडेको देश आज कालापानीमा विदेशी सैनिकले परेड खेलिरहँदा सरकार निरिह बनेर बसेको छ । त्यसमाथि केही विदेशीको जुठोपूरोमा बाँचेका पिशाचहरुले ‘राजा महेन्द्रले कालापानी उपहारका रुपमा भारतलाई दिएको’ भन्ने विष वमन गरेर नेपाल प्रदूषित गरिरहेका छन् ।
नेपालको राजसंस्थाले सदैब देशको रक्षा गर्यो । नेपालका राजाहरु सबैले देश निर्माण गरे । यो देशलाई माया गरे । जनताको मृत्यु टुलुटुलु हेर्नुभन्दा श्रीपेच छाड्न तयार हुने संसारमा कुनै राजसंस्था छ भने त्यो नेपालमा मात्रै छ ।

राजसंस्था हटाएर गणतन्त्र, हिन्दूराष्ट्र हटाएर धर्मनिरपेक्षता लाद्ने र त्यही कथित उपलब्धीलाई संस्थागत गर्न बेलाबेला निर्वाचनको कर्मकाण्ड हुँदै आएको छ ।

यो निर्वाचनले यो मुलुकको बर्बादीलाई नै मलजल गर्नेछ । शिव सेना नेपालले अघिल्लो निर्वाचनमा पनि बहिष्कारकै नीति लिएको थियो शिवसेना नेपाल को आह्वानमा निर्वाचनका नाममा देश सिध्याउने खेलको कडा प्रतिकार नेपाली जनता मिलेर निर्वाचन असफल बनाउने, बहिष्कार गर्ने र भण्डाफोर गर्नुपर्छ यी राजनीतिक दलहरुको भूलभूलैयामा परेर हामी भोट दिँदै जान्छौं, उनीहरु त्यही भोट देखाएर विदेशीसँग दलाली गर्दै हिँड्छन् ।

हामी भोट दिन्छौं, उनीहरु नेपालको भूमि विदेशीलाई सुम्पिदै जान्छन् । हामी नेपालीलाई भोटका नाममा सधै धोका भएको छ । यो भोटले न नेपालीको भोको पेट भरियो, न भूमि जोगियो न राष्ट्रियता न धर्म । हामीले भोट दिँदा नेताहरुले धर्म बेचे, संस्कार र संस्कृति बेचे । युवालाई रक्सी र मासुमा अल्मल्याएर चुनाव जित्ने अनि तिनै युवालाई खाडीको ४५ डिग्रीमा पसिना चुहाउन पठाउने नेताहरुले कहिले पनि हामीलाई न्याय गरेनन् ।यसकारण अब तपाईं हाम्रो घरआँगनमा भोट माग्दै आउने नेताहरुलाई केही प्रश्न सोधिदिन हुन शिव सेना नेपाल आग्रह गर्दछ ।

– निर्मला पन्त झै हाम्रा छोरीहरु कहिलेसम्म मरिरहन्छन् ?
–विदेशी भूमिको रक्षा गर्न हाम्रा युवा गोर्खाका रुपमा कहिलेसम्म विदेशिइरहन्छन् ?
–हाम्रा युवाको शव बाकसमा कहिलेसम्म फर्किरहन्छ ?
–सिटामोल खान नपाएर नेपालीले कहिलेसम्म मर्नुपर्छ ?
–नेताहरु थाइल्याण्ड, सिंगापुर, अमेरिका उपचार गर्न कहिलेसम्म गइरहन्छन् ?
–हिन्दुधर्म कतिमा बेचेर धर्मनिरपेक्षता लागू भएको हो ?
–निर्वाचनमा युवालाई मासु र रक्सी खुवाउने पैशाको स्रोत के हो ?
–करोडौं खर्च गरेर चुनाव जितेपछि कसरी असूली गरिन्छ ?
–देशको सीमाना रक्षा गर्ने कि अरु देशको सीमा रक्षा गर्न युवा भर्तीमा पठाउने ?
यसकारण अहिले फेरि सही समय आएको छ । जहाँ जहाँ उपनिर्वाचन भइरहेको छ, त्यहाँका जनताले मतदान नै नगरेर यो व्यवस्थाविरुद्ध धावा बोल्नु पर्ने बेला आएको छ । नेपाली जनताको एक निर्णयले मुलुकले सही ट्रयाक समाउन सक्छ ।
अतः यो राष्ट्र जोगाउन, धर्मसंस्कृतिको रक्षा गर्न, नेपाल र नेपालीको न्याय, मुक्ति र स्वाधीनताका लागि कथित उपनिर्वाचन बहिष्कार गर्न सम्पूर्ण नेपाली जनतामा शिव सेना हार्दिक आह्वान गर्दछ ।

जय मातृभूमि, जय जनता ,जय नरेश
जय गुरुदेव जय शिवशक्ति

अनिल बस्नेत ‘बाबा’ अध्यक्ष शिव सेना नेपाल

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : १३ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै