युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित | Khabarhub Khabarhub

युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सवै प्रकारका श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था युनिमीको नेपाल च्याप्टरका लागि नयाँ नेतृत्व चयन भएको छ ।

काठमाडौमा सम्पन्न युनिमी नेपालको साधारण सभाले अध्यक्षमा नेपाल टेलिभिजनका गोविन्द घिताल र महासचिवमा राष्ट्रिय समाचार समिति (रासस)का जीवन भण्डारीलाई निर्वाचित गरेको छ ।

युनिमी नेपालका निवर्तमान महासचिव समेत रहेका धिताल नेपाल टेलिभिजन कर्मचारी संघको निवर्तमान अध्यक्ष पनि हुन् भने महासचिवमा निर्वाचित भण्डारी सञ्चार कानुनका अध्यापक पनि हुन् ।

समितिको उपाध्यक्षमा कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, उपमहासचिवमा प्रेस काउन्सीलका सुरेन्द्र मल्ल, सचिवमा इमेज एफएमका काशीनाथ दवाडी, सहकोषाध्यक्षमा मेट्रो एफएमका शिव रेग्मी र सदस्यमा अनिता रिमाल चयन भएका छन् ।

११ सदस्यीय कार्यसमितिमा फरकफरक मिडिया हाउसबाट प्रतिनिधित्व गर्ने गरी बरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र दुई जना सदस्य पछि मनोनयन गरिने निवर्तमान अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।

साधारण सभामा युनिमी आबद्ध रहेको युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा कामदारहरुको सामूहिक हित र सुरक्षाका लागि शसक्त र प्रभावकारी रुपमा प्रस्तुत हुन नयाँ नेतृत्वलाई शुभकामना दिए ।

उनले संसारभरी शाखाहरु रहेको युनिमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनसँग सहकार्य गरेर नेपालमा यस क्षेत्रका कर्मचारी, कामदार र पत्रकारहरुका लागि नेतृत्वदावी भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष धितालले पत्रकार र श्रमिक सम्वन्धी कानुनहरु श्रमिकमैत्री बनाउन र कार्यान्वयन गर्न लगाउने गरी सवै जिल्ला तथा सञ्चार प्रतिष्ठानमा संगठन विस्तार गर्ने योजना रहेको बताए ।

विश्वका ७० देशमा समिति रहेको युनिमीको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ भने जोहेनस स्डुडिङगर यसको अन्तर्राष्ट्रिय अध्यक्ष हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ९ : १८ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना