आगलागीको जोखिम र बच्ने उपाय | Khabarhub Khabarhub
Logo
२१ मंसिर २०७६, शनिबार

आगलागीको जोखिम र बच्ने उपाय



नेपालका ग्रामिण क्षेत्र मात्रै हैन, शहरी क्षेत्रमा पनि आगलागीको जोखिम उत्तिकै बढ्दो क्रममा छ । पछिल्लो समय राजधानी काठमाडौंसहितका मुख्य शहरी क्षेत्रका भवनहरुमा भएका आगलागीका घटनाबाट करोडौंको सम्पत्ति जलेर नस्ट भएको छ ।

केही समय अगाडि काठमाडौं, पोखरा र नेपालगञ्जमा भएका आगलागीका घटनाले बिपद्पूर्वको तयारीमा हामी अरू संवेदनशील हुनुपर्ने देखाएकोछ ।

गर्मी मात्रै हैन, पानी नपर्ने सुख्खा मौसममा पनि नेपालका पहाड तथा मधेसमा आगलागीका घटनाबाट धनजनको ठुलो क्षति हुने नियति जस्तै बनेको छ ।

हिउँदको समयमा गर्मीका लागि प्रयोग गरिने हिटर प्रयोग गर्दाको असावधानीले आगलागी भएका घटना पनि प्रशस्तै छन् ।

एक आँकडा अनुसार ग्रामिण तथा शहरी क्षेत्रमा हुने आगलागीबाट नेपालमा वर्षेनी सरदर ३५ जनाले अकालमा ज्यान गुमाउने गरेका छन् भने अर्बौं रुपैयाँ बराबरको प्रत्यक्ष क्षति पुग्ने गरेको छ । परोक्ष असर एवम् धनजनको क्षतिबाट पुग्ने मानसिक आघात र पीडा त छँदैछ ।

चट्याङ्ग वा यस्तै प्राकृतिक प्रकोपहरुबाट हुने आगलागीका घटनाहरु बाहेक आगलागी एक पूर्णतः मानवीय कारणबाट हुने प्रकोप हो । त्यसैले यसको रोकथाम सम्भव छ । मधेस तथा पहाडमा फूस (खर घाँस) को छाना भएका घर बस्तीहरु र सहरका घरहरु आगलागीबाट बढी जोखिममा छन् ।

आगोको स्रोतको होशीयारीपूर्वक प्रयोग गर्ने र परिवार तथा गाउँका सबै सदस्यहरुमा जनचेतना जगाउन सकेमा यसको क्षतिबाट मानिस तथा सम्पत्ति जोगाउन सकिन्छ।

बालबालिकाहरुलाई जथाभावी आगो खेलाउन नदिएमा, चुरोटको ठुटो जथाभावी नफालेमा, बनभोज पछि होशियारीपूर्वक आगो निभाएमा, घरमा खाना बनाउँदा खाना खाइसकेपछि आगो राम्रोसँग निभाएमा, बिजुली सट हुनबाट जोगाउनपूर्व तयारी गरेमा, वनजंगलमा आगलागी पछि घाँस छिटो आउँछ भन्ने अभिप्रायले डढेलो नलगाएमा र अन्य प्रज्वलनशिल पदार्थको प्रयोगमा होशियारी गरेमा घर, गाउँ बस्ती र शहरहरुमा हुने आगलागी रोकथाम गर्न सकिन्छ ।

घर भित्र भएमा

घर वा कुनै भवनमा आगलागी भैहालेमा सबैभन्दा सुरक्षित स्थल भनेको घर वा भवन बाहिर नै हो । आगलागीको बेला तपाईं घर भित्र हुनुहुन्छ भने तपाईंको पहिलो प्राथमिकता घर बाहिर निस्कनु नै हो ।

तपाईंको घर भित्रका सबै तला, भर्‍याङ वा कोठाहरुबाट सबै भन्दा छिटो बाहिर निस्कने बाटो र निस्कने तरिका पहिले नै तय गरेर परिवारका सबै जना बीच पूर्ण जानकारी र अभ्यास गराउने । सुरक्षित र त्यहाँ पुग्ने सबै भन्दा छिटो बाटोको पहिचान र त्यसको अभ्यासले परिवारका सदस्यहरुमा आत्मविश्वास बढ्ने र बिपत्तिको बेला नआत्तिने क्षमताको विकास हुन्छ ।

घरमा दुई भन्दा बढी तलाहरु छन र भर्‍याङ्गबाट झर्न जोखिमयुक्त छ भने माथिल्लो तलामा रहेका कोठाहरु मध्ये ठूला झ्याल भएको वा बाहिर निस्कन सहज हुनसक्ने कोठा छानी त्यसमा जाने र वाहिर निस्कन प्रयोग गर्ने ।

घरका कुन भ्यालहरु खोल्न सजिला छन्, कुन गाह्रा छन्, थाहापाइराख्नु आवश्यक पर्छ । तपाईं जलिरहेको घर, भवनको भित्र हुनुहुन्छ भने र बाहिर निस्कन सम्भव छैन भने भित्रबाट ढोकाहरु चेक गर्ने, भ्याल ढोका बन्दगर्ने र भुइको तल लम्पसार परेर बस्ने । धुँवा माथिबाट तलतिर भरिँदै आउने भएकोले आगोको मुस्लो नआएसम्म सुरक्षित रहन सकिन्छ । त्यतिवेलासम्म उद्दारकर्ताको सहयोग प्राप्तगर्न सकिन्छ।

तपाईं घरको माथिल्लो तलामा हुनुहुन्छ र बाहिर आगलागी भएको छ भने ढोकाबाट बाहिर निस्कन सिधै ढोका खोल्नु खतरनाक हुन सक्छ । पहिलो ढोकाको भित्री चुकुल वा काठलाई बिस्तारै छामेर कत्तिको तातो छ थाहापाउनु पर्छ ।

ढोकाको चुकुल तातो भए ढोकाको चरबाट धुँवाभित्र पसिरहेको भएमा ढोकाखोल्नु बेश हुन्छ । ढोकाचिसो छ भने विस्तारै ढोकाबाहिर चियाएर बाहिर जान सुरक्षित छ कि छैन निर्णय लिने ।

घरमा आपतकालीन अवस्थामा प्रयोग गर्नु पर्ने दमकल, प्रहरी, छिमेकी, स्थानीय निकायका फोन नम्बरहरु घरको भित्ता वा मोवाइल नम्बरहरु राखिराख्ने ताकि विपद्को बेला तत्काल प्रयोग गर्न सकियोस ।

दमकल तथा प्रहरीलाई फोन गर्दा तपाईंको घर वा क्षेत्रको स्पष्ट ठेगाना दिनु पर्छ,जसबाट समयमै सेवा प्राप्तगर्न सकिन्छ । तपाईंका बहुमुल्य सामानहरु घर भित्र छुटेका छन् भनेपनि कुनै पनि हालतमा जलिरहेको घर भित्र नर्छिनुहोला । आपत्को बेला सामानलाई भन्दा जिउज्यान जोगाउन ध्यानदिनु वुद्धिमत्ता हुन्छ ।

बाहिर निस्कने ढोका बन्द भएमा

ढोका बन्द छ र खोल्न सम्भव छैन र भर्‍याङ्गप्रयोग गर्नु जोखिम रहेको अवस्थामा भ्याल वा वाल्कोनीमा पुग्न प्रयास गर्ने । भ्याल खोल्नुस । बालकोनी भए त्यहाँगई भ्याल बन्द गरिहाल्नुस् ताकि धुँवा घरभित्र जान नपाओस् ।

तपाईं पहिलो तल्लामा भए सिमेन्ट लगाएको ठाउँ इनार आदिलाई छलेर सुरक्षित ठाउँमा हामफाल्नुस् । घर भित्र बलियो डोरी भए तल झर्न यसको प्रयोग गर्न सकिन्छ ।

झ्याल फोर्नु पर्ने अवस्थामा फर्निचर वा अन्य काठहरु प्रयोग गर्नुस्, सकेसम्म हात प्रयोग नगर्नुस् । तल झर्ने कुनै उपाय नभए ढोका बन्दगर्नुस् भ्यालखोलीकुनै रंगीन कपडा हल्लाएर सहयोग माग्नुहोस । बालकोनी भए झ्याल र ढोकाबन्द गर्नुहोस् र नअताल्लिनुहोस् ।

आगलागीमा घर भवनका तलाहरु भत्कने सम्भावना निकै कम हुन्छ । तपाईंं धुँवा र आगोको मुस्लोबाट जोगिन सक्नु भयो भने सुरक्षितहुन सक्नु हुन्छ । भित्ता र भूँईलाई पानीले भिजाउन सकियो भने आगोको फैलावट रोकिन वा ढिलो हुनसक्छ । कोठा भित्र धुँगा पस्नबाट रोक्नु पर्छ, ।

यसको लागि सके सम्भभित्रका कपडा ढोकावा झ्यालका चरहरुमा कोचेर धुँवाबाट हुने जोखिम कमगर्न सकिन्छ । मनन गर्नु पर्ने कुरा के हो भने आगोको ज्वाला भन्दा पनि धुँवा वढी हानिकारक हुन्छ । अध्ययनले के देखाएको छ भने आगलागी हुँदा आगोको ज्वालाबाट २ जनाको मृत्यु हुँदा विषालु धुँवार्मा निसास्सिएर ५ जनाको मृत्यु हुन्छ ।

कपडामा आगोको लप्काले टिपेमा

लगाएको कपडामा आगो सल्किएरपनि धेरैको ज्यान जाने गरेको छ । तत्काल कपडामा लागेको ज्वाला निभाउन वा कमगर्न उपलब्धि गर्ने दुवै हात तत्काल ज्वालामुखमा पर्न नदिने । भुँईमा लडिवृडि खेली ज्वालानिभाउन प्रयत्नगर्ने, प्रभावित व्यक्तिको टाँसिएको कपडालाई फुत्काउने प्रयत्नगर्नु भन्दा तत्काल, अस्पताल लग्नु उत्तम हुन्छ ।

विपत्तिको समयमा परिस्थितिलाई राम्ररी विश्लेषण गरेर छिटो निर्णय लिनुपर्दछ । तर कुनै पनि अवस्थामा आत्तिनु हुँदैन । तसर्थ यी क्षेत्रका हरेक घरपरिवारले आगलागीको सामनागर्न पूर्वतयारी गर्नु बुद्धिमता हुन जान्छ ।

सम्भवभए घरमा अग्नी नियन्त्रण राख्ने सो नभएमा आगलागीबाट बच्न घर परिवार तथा छिमेकमा सल्लाह गर्ने, सुरक्षित स्थान तथा त्यस तर्फ जानको बाटो तय गर्ने, अकस्मात आगलागी भएमा के गर्ने भन्ने सम्बन्धमा प्रत्येक घर तथा गाउँको योजना तयार पारी त्यसको लागि अध्ययन गर्ने ।

पूर्वतयारी कार्यले व्यक्तिको व्यक्तित्वमा आत्मविश्वास र आत्मबल बढाउन मद्दत गर्दछ । जुन कुरा विपद्को बेला नभै नहुने हुन्छ । यसैगरी सरकारी तथा गैरसरकारी क्षेत्रबाट तालिम र पूर्ब तयारीमा जोड दिन आबश्यक छ ।

(लेखक विपद् जोखिम न्यूनीकरण बिशेषज्ञ हुन्)


भर्खर