महिला भलिबल टोलीको कप्तानी अरुणालाई | Khabarhub Khabarhub

महिला भलिबल टोलीको कप्तानी अरुणालाई


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानी अरुण शाहीले पाएकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली टोली पूर्व कप्तान विनिता बुढाथोकि प्रारम्भिक टोलीमै नअटाएपछि कप्तान विहीन थियो ।

सागको बन्द प्रशिक्षण र बंगलादेशमा हुने एचिसि सेन्ट्रल जोन महिला भलिबलका लागि बुधबार थाइल्यान्ड जानु अघि टोलीके कप्तानको जिम्मेवारी शाहीलाई दिइएको छ ।

टोलीको कप्तानी पाउँदा जिम्मेवारी बढेको महसुस भएको अरुणा शाहीले बताएकी छन् ।

‘टोलीको नेतृत्व पाउँदा खुसी लागिरहेको छ । खेलाडीमात्रै हुँदा भन्दा कप्तान भएसँगै अब टोलीमा थप जिम्मेवारी बढेको महसुस भएको छ,’ कप्तान शाहीले खबरहबसँग भनिन्,‘टोलीमा केही नयाँ र केही पुराना साथिहरु छन् तर, यसले पनि टोली राम्रो हुने मेरो विश्वास छ ।’

बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको नेतृत्व अरुणाले गर्ने छिन् ।

अब नेपालले अरुणाको कप्तानीमा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन खेल्ने छ । एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ भने साग आगामि मंसिर १५ देखि २४ सम्म काठमाडौं र पोखरामा हुँदैछ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ८ : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका