कार्तिक १ गतेबाट ललितपुरमा गोदावरी मेला हुने | Khabarhub Khabarhub

कार्तिक १ गतेबाट ललितपुरमा गोदावरी मेला हुने


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी कात्र्तिक १ गतेबाट ललितपुरको जावलाखेल मैदानमा १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला शुरु हुने भएको छ ।

विशेषगरी गोदावरी फूलको विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले वर्षेनि मेला सञ्चालन गरिदैं आएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

यसवर्षको मेलामा बाहिरा देशबाट माउबोटका रुपमा आयत गरी उत्पादन विस्तार गरिएको करिब १६ नयाँ प्रजातीको गोदावरी फूलसहित सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल राखिनेछ ।

त्यस्तै गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीको उद्धेश्य पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीहरुबीच प्रतिस्पर्धा गराइ गुणस्तरीय उत्पादनमा टेवा पुर‍्या‍उनु हो ।

मेला ४ दिनसम्म चल्ने फ्यानका अध्यक्ष कुमार कसजुले जानकारी दिए । मेलामा ४४ वटा फूलको व्यवसायिक कारोबार गर्ने स्टल, ४ वटा सूचनामुलक र एउटा प्रतियोगितात्मक गरी ४९ वटा स्टल रहनेछन् ।

मेलालाई शुक्रवार अर्थात् कार्तिक १ गते कृषिमन्त्री चक्रपाणी खनालले उद्घाटन गर्ने भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ४ : १८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न