३ फिल्मबाट हुनेछ शाहरुख खानको धमाकेदार कमब्याक ! | Khabarhub Khabarhub

३ फिल्मबाट हुनेछ शाहरुख खानको धमाकेदार कमब्याक !


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहरुख खानको ‘जिरो’ लगायत अन्य फिल्म फ्लप भएपछि शाहरुख खानको स्टारडममा धक्का लाग्यो । फ्यान मात्र होइन, शाहरुख खान पनि निराश बने । झण्डै १ वर्षदेखि शाहरुख खान ठूलो पर्दामा देखिएका छैनन् । तर उनी हार मान्ने र घरमा थन्किएर बस्ने कलाकारमा भने पर्दैनन् ।

यो समय उनले विश्लेषण गरे, के चलिरहेको छ, के गर्नुपर्ने छ, कस्तो फिल्म दर्शकले हेर्न चाहिरहेका छन् । यी बारेमा पक्कै खानले ध्यान दिइरहेका होलान् । यतिबेला भने बलिउडमा चर्चा छ कि, शाहरुख खानले रोमान्टिक नभएर फरक खालको फिल्ममा काम गर्न चाहेका छन् ।

आफ्नो जन्मदिनको मौका पारेर शाहरुख खानले नयाँ फिल्म घोषणा गर्ने भन्दै भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् । खबरका अनुसार २ नोभेम्बरमा शाहरुखको जन्मदिन पारेर ३ फिल्म घोषणा हुने भएका छन् ।

शाहरुखले राजकुमार हिरानी, शंकर र गुरिंदर चड्डासँग ३ फिल्ममा काम गर्ने चर्चा छ । हिरानीले लामो समयदेखि शाहरुखलाई काममा ल्याउने विचार गरिरहेका थिए । कमैलाई मात्र थाहा छ कि, मुन्नाभाइ एमबीबीएस पनि हिरानीले शाहरुखलाई लिएर नै बनाउन चाहन्थे । तर कुरा मिलेन । पछि हिरानीले ‘थ्री इडियट्स’ मा पनि अफर गरे ।

उक्त फिल्म पनि शाहरुखले गर्न पाएनन् । योपटक भने हिरानीले पनि शाहरुखसँग काम गर्ने मौका गुमाउन चाहेका छैनन् ।

दक्षिण भारतमा शंकर पनि निकै चर्चित निर्देशक नाम हो । उनले रोबोट बनाएर चर्चा पाएका थिए । गुरिंदर चड्डाले भने हल्का फुल्का कथाका फिल्म बनाउँछन् । ती कथामा पनि शाहरुखले अभिनय गर्ने सम्भावना छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ४ : ३९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन