एसिड आक्रमणमा परेकी मुस्कानलाई भेटेर हमालले भने – भोलि डाक्टर बन्नुपर्छ है ! | Khabarhub Khabarhub

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेटेर हमालले भने – भोलि डाक्टर बन्नुपर्छ है !


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई अभिनेता राजेश हमालले भेटेका छन् । राजधानीमा उपचार गराइरहेकी मुस्कानलाई भेट्न हमाल अस्पताल पुगेका थिए ।

अस्पतालमा मुस्कानसँग झण्डै आधा घण्टा कुरा गरेका हमालले उनको हौसला बढाउने प्रयास गरे । उनले मुस्कानलाई निको भइसकेको र अब छिट्टै घर जाने दिन आएको भन्दै हौसला प्रदान गरे ।

हमालले मुस्कानलाई भविष्यमा के बन्ने इच्छा छ भन्दै सोधेका थिए । उनको प्रश्नमा मुस्कानले डाक्टर बन्ने सपना देखेको बताइन् । उनको उत्तर सुनेर हमालले भने, ‘तिम्रो उमेरमा म कलाकार बन्छु भनेर लागेको थिएँ, तिमी डाक्टर हुनुपर्छ भनेकी छौ, जसरी भए पनि हुनुपर्छ है !’

हमालले मुस्कानको सामुन्ने बसेर उनको हौसला बढाउने प्रयास गरेका थिए । साथै उनले मुस्कानलाई कहिल्यै हिम्मत नहार्न पनि सम्झाए ।

कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी मुस्कानलाई यसअघि बलिउड सेलिब्रेटी र थुप्रै नेपाली सेलिब्रेटीले पनि हौसला बढाउन उनीसँग भेट गरेका छन् ।

प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै मुस्कानमाथि एसिड आक्रमण गर्ने युवकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : ५५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र