चलेन प्रियंकाको ‘द स्काइ इज पिंक’, घाटा लाग्यो ‘भारत’ छोडेर | Khabarhub Khabarhub

चलेन प्रियंकाको ‘द स्काइ इज पिंक’, घाटा लाग्यो ‘भारत’ छोडेर


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडाको फिल्म ‘द स्काइ इज पिंक’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । झण्डै ५० करोडको लागतमा बनेको यो फिल्मले तीन दिनमा केवल १० करोड रुपैयाँको व्यापार गरेको छ ।

भारतीय मिडियाका अनुसार फिल्मले पहिलो दिन २.५० करोड, दोस्रो दिन ४ करोड र तेस्रो दिन ४ करोड २० लाख रुपैयाँ व्यापार गरेको छ । मध्यम बजेटमा बनेको यो फिल्मको प्रदर्शन निराशाजनक रह्यो ।

पछिल्लो समय प्रियंका चोपडा हलिउडमा नै व्यस्त छिन् । उनलाई सलमान खानको फिल्म ‘भारत’ बाट अफर आएको थियो । तर, उनले उक्त फिल्म गरिनन् । ‘द स्काइ इज पिंक’ एक हिसाबले प्रियंकाका लागि कमब्याक फिल्म थियो ।

सलमान खानले कैयन् पटक प्रियंकाका विरुद्ध बोलेका थिए । यही कारण सलमानका फ्यानले प्रियंकाको फिल्म नहेरेको धेरैले अनुमान गरेका छन् । लामो समयपछि पर्दामा आएकी प्रियंकाको यो फिल्म नचल्दा उनको क्रेज सकिएको पनि कतिले मूल्याङ्कन गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : २३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६