पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् : प्रधानमन्त्री | Khabarhub Khabarhub

पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् : प्रधानमन्त्री


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाएका हुन् । उनले भाषा र संस्कृति नबिर्सन आग्रह गरे । विकसित देशको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्सँदै गएको प्रधानमन्त्रीको गुनासो थियो ।

विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति उनले गम्भीर असन्तुष्टि व्यक्त गरे ।

प्रधानमन्त्रीले भने ‘सभ्यताका पर्खालहरु बाग्मतीमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन् । तिमीभन्दा माथि उठेर । यो एउटा ट्रेन्ड हो । किनभने अंग्रेजीको ‘यू’ लोभ लागेर, अर्काको एउटा ‘यू’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईँ भन्न गाह्रो लाग्यो । किनभने पैसावाला, डलरवाला, ‘यू’ वालाहरु ‘यू’ ले काम चलाउँछन् किन काम नचलाउने ? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्‍या छ । सानालाई तिमी भन्ने ठूलालाई तपाईँ भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ ।’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : ०३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६