पारसको राजीनामापछि को बन्ला नेपाली राष्ट्रिय टोलीको कप्तान ? | Khabarhub Khabarhub

पारसको राजीनामापछि को बन्ला नेपाली राष्ट्रिय टोलीको कप्तान ?



काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामाको घोषणा गरेका छन् ।

मंगलबार सामाजिकल सञ्जालमार्फत पारसले राष्ट्रिय टोलीको कप्तानीबा राजीनामा दिएको घोषणा गरेका हुन् ।

सोमबार आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेसँगै नयाँ कमिटीलाई शुरुदेखि नै राम्रो तरीकाले काम गर्न सहज होस् भन्ने योनजासहित राजीनामा दिएको पारसको भनाइ छ ।

खड्काले भनेका छन्,‘नयाँ भिजनसहित आएको टोलीका लागि काम गर्न सहज होस् भनेर मैले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिन गइरहेको छु ।’

केहीसमय अघि देखि पनि कप्तान खड्काले आफु लामो समय टोलीको कप्तानमा रहन नसक्ने बताउँदै आएका थिए तर, तत्कालै उनको राजीनामा आउनेबारे भने कसैले कल्पना गरेका थिएनन् ।

पारसको सरप्राइज राजीनामा आएसँगै अब नेपाली टोलीको कप्तान को भन्ने प्रश्न उठ्न थालिसकेको छ ।

१० बर्ष नेपाली टोलीको कप्तानी गरेका पारसले डिभिजन पाँचमा रहेको नेपाली क्रिकेट लाई अस्थायी ४ बर्षे एकदिवसिय मान्यता सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका हुन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी(ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो ।

यतिबेला नेपाली क्रिकेटले ४ वर्षका लागि अस्थायी अन्तर्राष्ट्रि एकदिवसीय (ओडिआई) मान्यता पाएको छ । ओडिआई मान्यता पाएको १ वर्ष सकिँदा नेपाली टोलीले २ देशसँग एकदिवसीय शृङ्खला खेलिसकेको छ ।

केही दिन अघिमात्र नेपालले सिंगापुर र ओमानमा भएको टि–२० शृङ्खला खेलेको थियो । यही भ्रमणबाट दीपेन्द्र सिंह ऐरी नेपाली राष्ट्रि क्रिकेट टोलीमा नयाँ उपकप्तानको रुपमा चयन भएका थिए ।

एकदिवसीय मान्यता पाएपछि पहिलो ओडिआई शृङ्खला नेपालले नेदरल्यान्डसँग खेलेको थियो भने दोस्रो युनाइटेड अरब इमिरेट्स (युएई) सँग ।

२ शृङ्खला मध्ये नेदरल्यान्डसँग १–१ को बराबरी खेलेको नेपाली टोलीले युएईविरुद्ध २–१ जीत हात पारेको थियो ।

जेठबाट नेपाली क्रिकेट टोलीले नयाँ प्रशिक्षक पाएको छ । भलै नयाँ प्रशिक्षक उमेश पटवाललाई आईसीसीले १ वर्षको छोटो समयका लागि नेपाली टोली सुम्पिएको छ ।

लामो समयदेखि निलम्बन्मा रहेको नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट सोमबार(हिजो) बाट शसर्त निलम्बन फुकुवामा गएको छ ।

यस्तैमा डिभिजन ५ देखि नेपालले एकदिवसीय मान्यता पाउँदासम्म नेपाल क्रिकेटका लागि मेहनत गरेका राष्ट्रिय टोलीका खेलाडीहरु विदाईको संघारमा रहेको विषय चर्चामा रहिरहेको बेला पारसको कप्तानीबाट राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालको प्लेङ–११ मा नियमीत खेलाडीहरु बाहिरिने चर्चा भइरहँदा उनीहरुको स्थान लिने खेलाडी टोलीमा नभएको चर्चा भइरहेको छ । यसलाई नेपाली क्रिकेट टोलीको महत्वपूर्ण चुनौतिका रुपमा लिन्छन् पूर्व राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटा ।

नेपाली टोलीका आइकोनिक प्लेयरका रुपमा रहेका पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर र ज्ञानेन्द्र मल्ल जसरी अहिले निर्विकल्प मैदान उत्रिन्छन् त्यसैगरी उनीहरुको विकल्प खोज्नु नेपाली टोलीलाई चुनौति रहेको प्रशिक्षक टमटाको भनाइ छ ।

प्रशिक्षक टमटा नेपाली टोलीको भविष्यलाई मध्यनजर गरेर अहिले देखि नै नयाँ खेलाडीलाई टोलीमा भित्र्याइसकिएको बताउँछन् । यु–१९ बाट सिनियर टोलीमा स्थान पाएका खेलाडीहरुलाई आउँदा दिनमा जतिसक्यो धेरै अवसर दिनु पर्नेमा पनि उनी जोड दिन्छन् ।

त्यसोत, पारस खड्का आफैंले पनि आफू लामो समय टोलीको नेतृत्वमा रहन नसक्ने बताउँदै आएका थिए । उनले कप्तानीबाट राजीनामा दिएसँगै के उनले नेपाली क्रिकेट टोलीको कप्तानका रुपमा टोलीको कुनै एकजना खेलाडीलाई अगाडि ल्याइरहेका छन् त ? भन्ने प्रश्न उव्जिएको छ ।

अहिलेसम्म नेपाली टोलीको भावी कप्तानका रुपमा कुनै पनि खेलाडीलाई हेरिएको पाइँदैन । यो चाँही खेलाडीले आगामी दिनमा नेपाली क्रिकेटको नेतृत्व गर्न सक्छ भन्ने चर्चा हुन सकिरहेको थिएन । यस्तोमा पारसले नेतृत्वबाट राजीनामा दिएसँगै अब नेपाली क्रिकेट कसले नेतृत्व गर्ला भन्ने प्रश्न समर्थकले उठाउन थालेका छन् ।

तर, यी स्टार खेलाडीसहितको टोलीको क्षमता र दक्षताले नै नेपाली क्रिकेटले डिभिजन ५ देखि अस्थायी एकदिवसीय क्रिकेटको मान्यतासम्मको यात्रा सफलताका साथ पुरा गरेको छ ।

सन् २०१४ को ट्वान्टी–२० विश्वकप क्रिकेट खेलेको नेपाली टोलीका महत्वपूर्ण यी ४ खेलाडी अहिले पनि नेपाली टोलीको मुख्य केन्द्रमै छन् ।

को बन्ला नेपाली टोलीको कप्तान ?

नेपाली क्रिकेट टोलीमा महत्वपूर्ण प्रश्न अथवा जिज्ञासाका रुपमा कप्तान पारस खड्कापछि नेपाली टोलीको कप्तानी कसमा सर्छ भन्ने छ । यसको जवाफ पूर्व प्रशिक्षक टमटासँग पनि छैन । तर, उनले राष्ट्रिय टोलीका २ जना खेलाडीमा कप्तान हुनसक्ने क्षमता देखेका छन् ।

यद्यपि नेपाली क्रिकेट टोलीले पारस जत्तिको क्षमतवान कप्तान पाउन भने अहिलेकै अवस्थामा मुस्किल रहेको क्रिकेट विश्लेषकहरुको भनाइ पनि छ । तर, पनि समयसँग सँगै नेपाली टोलीले अबको केही वर्षमा नयाँ कप्तान पाउने छ ।

अहिले यहाँ सबैभन्दा ठूलो चुनौति नै कप्तानको छ । कप्तान कसलाई बनाउने ? अहिलेदेखि नै हामीले ती खेलाडीमाथि जिम्मेवारी बढाउँदै लैजानु पर्छ । कप्तान को हो र त्यसको जिम्मेवारी के हो लगायतका कुरामा ध्यान दिनु पर्छ

‘हामीले आउने पुस्तामा टोलीको कप्तानी कसले गर्न सक्छ भनेर २ जना खेलाडीलाई तयार गर्नु पर्छ’ खबरहबसँगको कुराकानीमा पूर्व प्रशिक्षक टमटाले भने,‘जसमा मैले अहिलेकै अवस्थामा लेग स्पिनर सन्दीप लामिछाने र अल–राउण्डर दीपेन्द्रसिंह ऐरीमा कप्तानी गर्न सक्ने क्षमता छ ।’ दीपेन्द्रले सिंगापुर र ओमान टुरमा जाँदा टोलीमा उपकप्तानको जिम्मेवारी पाएसँगै अवको नेतृत्व उनैमा सर्ने आकल पनि हुन थालेको छ ।

एरिले खबरहवसँग केही समय पहिला गरेको एक अन्तर्वार्ताका क्रममा नेतृत्व लिनुपर्ने अवस्था आए आफू तयार रहेको प्रतिक्रिया दिएका थिए ।

त्यसोत लेग स्पिनर लामिछाने पनि टोलीको कप्तानीको लागि उपयुक्त पात्र रहेको विश्लेषण भइरहेको छ ।

अन्तर्राष्ट्रिय लिग तथा राष्ट्रिय टोलीमा रहँदा राम्रो अनुभव सँगालेको हुनाले लामिछानेमा टोलीको कप्तानी गर्ने क्षमता भएको पूर्व प्रशिक्षक टमाटाले बताए । त्यस्तै दीपेन्द्रलाई उनले राष्ट्रिय टोली तथा घरेलु लिगमा परिपक्व र आवश्यक परेको खण्डमा टोलीका लागि राम्रो गर्न सक्ने र निर्णय क्षमता पनि भएको खेलाडीका रुपमा विश्लेषण गरेका छन् ।

पारस खड्काले भावी पुस्ताका लागि टोलीको नेतृत्व गर्न सक्ने खेलाडीको पहिचान गरेर उनीसँग अनुभव सेयर गर्नु पर्ने टमाटाको भनाइ थियो ।

अन फिल्ड र अफ दि फिल्ड कसरी टोलीको नेतृत्व गर्न सकिन्छ लगायतका कुराहरु सिकाउदै लैजानु पर्ने उनी बताउँछन् ।

‘अहिले यहाँ सबैभन्दा ठूलो चुनौति नै कप्तानको छ । कप्तान कसलाई बनाउने ? अहिलेदेखि नै हामीले ती खेलाडीमाथि जिम्मेवारी बढाउँदै लैजानु पर्छ । कप्तान को हो र त्यसको जिम्मेवारी के हो लगायतका कुरामा ध्यान दिनु पर्छ,’ टमटाले भने,‘ अहिले टोलीमा रहेका नयाँ पुस्ताका खेलाडीहरुले उमेरसमूहमा पनि कप्तानी गरीसकेका छन् । सिनियर खेलाडी छाडेर भन्नु पर्दा आजको दिनमा अनुभवका हिसाबले सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई कप्तानका रुपमा तयार गर्नु पर्छ जस्तो मलाई लाग्छ ।’

उनले भने,‘सन्दीपले अन्तर्राष्ट्रिय लिगहरुबाट धेरै अनुभव सँगालि सकेका छन् । अन्तर्रा्ष्ट्रिय स्तरका अन्य टिम र खेलाडीसँग पनि टचमा छन् । त्यसैले उनलाई जोड दिँदा पनि हुन्छ । यस्तै, सन्दीप पछि नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरीलाई पनि कप्तानका रुपमा अगाडि बढाउन सकिन्छ ।’

सिनियर खेलाडीसँगै नयाँ खेलाडीलाई स्थान दिनु पर्छ

३ वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारीमा रहेर काम गरेका जगत टमटा पनि अहिले नेपाली क्रिकेटमा कप्तान देखि सिनियर खेलाडीहरुको विकल्प नहुनु नै मुख्य चुनौति रहेको बताउँछन् ।

‘हामीसँग ४ जना सिनीयर खेलाडी छन् । ४ जना सिनीयर खेलाडी टोलीमा रहँदा उनीहरुले आफ्नो फिटनेसमा पुस गर्नु पर्छ,’ उनीहरुको विकल्पका रुपमा टोलीमा ४–५ जना नयाँ खेलाडीलाई स्थान दिइएको पूर्व प्रशिक्षक टमटाको भनाइ थियो ।

टोलीमा स्थान पाएका राम्रा खेलाडीहरुलाई जतिसक्दो धेरै खेलको अवसर दिनु पर्ने र विस्तारै उनीहरुलाई टोलीमा कसरी व्यवस्थापन गर्ने भन्ने बारे पनि सोच्नुपर्ने उनको सुझाव छ ।

नेपाली क्रिकेट टोलीले मुख्य प्रशिक्षकमा उमेश पवटाललाई पाएको छ र उनले पनि नयाँ खेलाडी र सिनीयर खेलाडीबीचको कम्मिनेसन मिलाएर टोली बनाउनु पर्ने टमाटा बताउँछन् ।

‘टोलीका युवा खेलाडीमध्ये ३–४ खेलाडी जनालाई बलिङ र ब्याटिङ एकेडेमिमा पठाएर उनीहरुलाई राष्ट्रिय टोलीका लागि तयार पार्नु पर्छ’ टमाटाले भने ।

निलम्बन फुकुवा भएसँगै नेपाल क्रिकेट संघ(क्यान) सक्रिय भएको छ । यदी क्यानले चाह्यो भने पारसको राजीनामालाई फिर्ता गराउन सक्ने क्यानका एक जना सदस्यले बताए ।

पारसको राजीनामा आधिकारीक रुपमा क्यानसमक्ष नआइसकेको कारण यसबारे केही भन्न नसकिने क्यानका सचिव अशोकनाथ प्याकुरेलले खबरहबसँग बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : ११ बजे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार