रोनाल्डोले पूरा गरे सात सय गोल | Khabarhub Khabarhub

रोनाल्डोले पूरा गरे सात सय गोल


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार युरो छनोट अन्तर्गत युक्रेनविरुद्वको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका हुन् ।

३४ बर्षका रोनाल्डोले पेनाल्टिमा गोल गरेका थिए । तर खेल पोर्चुगलले २–१ ले गुमाएको थियो । रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा सो गोल संख्या पुरा गरेका छन् । उनले पोर्चुगलका लागि ९५ औ गोल पुरा गरेका छन् ।

युक्रेनले पोर्चुगलविरुद्व जित निकाल्दै समुह बीबाट युरो कपमा छनोट भएको छ । रोनाल्डोले ७ सय गोल पुरा गर्दै केही लिजेण्ड खेलाडीको सुचिमा अटाएका छन् । तर रोनाल्डो चेक–अष्ट्रेलियन जोसफ बिकानको ८ सय ५ गोल भन्दा धेरै पछाडी छन् ।

त्यस्तै ब्राजिलका रोमारियो (७ सय ७२), पेले (७ सय ६७), हंगेरीका लिजेण्ड फेरेन्क पुस्कास (७ सय ४६) र जर्मनीका थोमस मुलर (७ सय ३५) गोल भन्दा पछाडी परेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ८ : २० बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश