जोर्डनसँगको विगत बिर्साउन नेपाललाई राम्रो अवसर | Khabarhub Khabarhub

जोर्डनसँगको विगत बिर्साउन नेपाललाई राम्रो अवसर



काठमाडौं – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एएफसी एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोट खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज (मंगलबार) जोर्डनको सामना गर्दैछ ।

आफुभन्दा ६३ स्थानमाथिको जोर्डनसँग उसैको मैदानमा नेपाली टोलीले नेपाली समयअनुसार राति पौने १० बजे खेल्नेछ । विश्वकप छनोटको समूह ‘बि’ मा रहेको नेपाल तेस्रो पल्ट जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ त्यो पनि विश्वकप छनोटमा ।

यसअघि नेपालले जोर्डनसँग विश्पकप २०१४ अन्तर्गतको छनोटको पहिलो चरणमा प्रतिस्पर्धा गरेको थियो ।

नेपालले जोर्डनलाई नयाँ प्रतिद्वन्दीका रुपमा जुलाई २३ २०११ मा पहिलो पटक भेटेको थियो ।

‘अवे’ खेल अन्तर्गतको उक्त भेटमा नेपाल ९–० गोल अन्तरले पराजित भयो । नेपाली टोलीका लागि त्यो बिर्सन लायक नतिजा रह्यो । त्यसको ठीक ५ दिनपछि जुलाई २८ मा नेपालले ‘होम’ खेल अन्तर्गत दशरथ रंगशालामा पुनः जोर्डनसँग खेल्यो । त्यो भेटमा नेपालले नतिजा १–१ गोल बराबरीमा रोक्यो ।

यो नतिजा नेपाली फुटबल प्रशंसकका लागि अनपेक्षित नै थियो । किनकी, अवे खेलमा ९ गोल खाएको टोलीले घरेलु मैदानमा त्यस्तो राम्रो गर्ला भन्ने कमैले मात्रै सोचेका थिए । तर, त्यस्तै, भयो नेपालले जोर्डनसँग १ अंक खोस्यो ।

फिफा बरियतामा जोर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ । आफुभन्दा बलियो टोलीसँग उसैको मैदानमा खेल्न लागेको नेपाल यसपटक जोर्डनसँग आफ्नो विगत बिर्साउने लक्ष्यमा छ ।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले नेपालभन्दा जोर्डन धेरै बलियो टोली रहेको बताए । उनले नेपालले यसअघि खेल्दा पनि जोर्डन बलियो र अहिले पनि नेपालभन्दा बलियो अवस्थामै रहेको बताएका छन् ।

उनले नेपालले अस्ट्रेलियाविरुद्धको खेलकै जसरी रणनीति बनाउँदा मैदानमा राम्रो गर्न सके नतिजा राम्रो आउन सक्ने बताएका छन् । पूर्व कप्तान गुरुङले यसअघि जोर्डनसँग भएका दुवै खेलमा पुरा समय मैदानमा बिताएका थिए ।

‘नेपाली टोली भन्दा जोर्डन बलियो छ । हामीले रक्षात्मक खेल्दै अस्ट्रेलियासँगकै रणनीति अपनाउँनु पर्छ जस्तो लाग्छ,’ पूर्व कप्तान गुरुङले भने, ‘अहिलेमात्रै होइन जोर्डन हामीभन्दा पहिले देखि नै बलियो टिम हो । हामीले राम्रो खेल्दा घरेलु मैदानमा बराबरी गर्न सकेका थियौं ।’

त्यतिबेला काठमाडौंमा खेलका क्रममा बर्षा भएका कारण पनि नेपाली टोलीलाई फाइदा भएको गुरुङको अनुभव छ । तर, पनि राम्रो खेल्न सके जोर्डनसँग राम्रो ‘रिजल्ट’ आउने आशा गर्छन गुरुङ ।

विपक्षी बलियो भएपनि त्यसलाई रोक्न साना टोलीहरुले पनि आफ्नो रणनीतिमा खेल्न सके नतिजा उल्टिन सक्ने पूर्व कप्तानको बुझाइ छ ।

‘जोर्डन बलियो टोली हो । तर, जोर्डनसँग खेल्न हामीले उनीहरुसँग ‘डिस्ट्रबीङ’ खेल खेल्नुपर्छ, पुरा रक्षात्मक खेल खेल्दै अवसर पाए अट्याकिङमा गोल गर्ने लक्ष्य बनाउनु पर्छ,’ गुरुङले भने,‘अस्ट्रेलियासँग कम गोल खाँदा टोलीको मनोवल पनि केही बढेको छ । त्यसलाई पनि भरपुर उपयोग गर्नु पर्छ।’

गुरुङले खेलाडीको मनोवल बढाउन प्रशिक्षकले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले मुख्य प्रशिक्षक कालिनको भूमिका पनि महत्वपूर्ण हुने बताए ।

टोलीमा प्रशिक्षकको भूमिका कतिसम्म महत्वपूर्ण हुन्छ भन्ने कुराको खुलासा गर्दै पूर्व कप्तान गुरुङले भने, ‘हामीले यसअघि जोर्डनसँगको दोस्रो ‘होम’ खेलको पूर्व सन्ध्यामा प्रि म्याच कन्फ्रेन्सको आयोजना गरिएको थियो ।

तत्कालिन मुख्य प्रशिक्षक थिए, ग्राहम रोवट्र्स । उनलाई सञ्चारकर्मीहरुले सोधे, ‘अवे’ खेलमा ९ गोलले पराजित भइयो अव ‘होम’ ग्राउण्डमा हुने खेलमा कस्तो नतिजाको अपेक्षा गर्नु भएको छ ? जवाफमा प्रशिक्षक रोवट्सले भने,‘ हामी १०–० गोलले जित्छौं ।’

प्रशिक्षक रोवर्टको उक्त अभिव्यक्तिमा सबै हाँसे पनि भोलिपल्ट नेपाली टोलीले १–१ बराबरी खेल्न सक्यो । त्यो नतिजा प्रशिक्षक रोवट्सकै ‘मोटिभेसन’ को नतिजा भएको पूर्व कप्तान गुरुङ बताउँछन् । त्यसैअनुरुप अहिले पनि नेपाली टोलीका प्रशिक्षकले खेलाडीलाई त्यसैगरि ‘मोटिभेट’ गर्नु सक्नु पर्ने उनको भनाई छ ।

२०११ मा टोलीको कप्तानी गरेका थिए डिफेन्डर सागर थापाले । उक्त टोलीमा रहेका ३ जना खेलाडी अहिले पनि जोर्डनविरुद्धको खेलका लागि टोलीमा छन् ।

गोलकिपर किरण कुमार चेमजोङ, मिडफिल्डर सुजल श्रेष्ठ र रोहित चन्द टोलीमा रहँदा अधिकाशं खेलाडी नयाँ छन् । त्यतिबेला खेलाडीको भूमिकामा मात्रै रहेका किरण अहिले टोलीको नेतृत्सहित जोर्डन पुगेका छन् भने सुजल र रोहित चन्द पनि नेपाली टोलीको मेरुदण्ड नै हुन् ।

यी खेलाडीहरुबाट नेपाली टोलीले सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । टोलीका नियमित कप्तान विराज महर्जन र उपकप्तान भरत खवासले पनि २०११ मा जार्डनविरुद्ध खेलेका थिए । तर, यी दुई खेलाडी अहिलेको टोलीमा छैनन् ।

जोर्डनविरुद्ध काठमाडौंमा भएको खेलमा फरवार्ड भरत खवासले गोल गरेका थिए । उनले ५३ औं मिनेटमा जोर्डनले गोल गर्दा १–० गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा गोल फर्काउँदै खेल १–१ बराबरी गरेका थिए । उक्त खेलमा बर्षा भएका कारण पनि नेपाललाई केही सहज भएको अनुभव पूर्व कप्तानको छ ।

नेपालले विश्वकप छनोटको शुरुवात कमजोर गरेपनि पछिल्लो समय सुधारीएको प्रदर्शन पस्किएको छ । जसलाई छनोटको अहिलेसम्मको नतिजाले पनि पुष्टि गर्छ ।

पहिलो खेलमा कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–० गाल अन्तरले पराजित गरेको थियो त्यस्तै, अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली टोलीका लागि विश्वकप छनोटको ‘अवे’ खेल अन्तरगतको अन्तिम खेल पनि जोर्डनसँगको नै हो । यसपछि नेपालले आफ्नो समूहमा रहेका कुवेत, चाइनीज ताइपेइ, अस्ट्रेलिया र जोर्डनसँग काठमाडौंमा नै खेल्नेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : २२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका