गोली काण्डमा संलग्न दुई पक्राउ | Khabarhub Khabarhub

गोली काण्डमा संलग्न दुई पक्राउ


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

ईश्वरपुर नगरपालिका–११ करमुहान निवासी ३५ वर्षीय राजेश साहलाई शनिबार राति ८ बजे गाउँ नजिकै गोली लागेको थियो । गोली लागेका साहले नै बोकेको पेस्तोल पक्राउ परेका रञ्जित रायले असावधानिकरुपमा चलाउँदा साहलाई नाइटो नजिक गोली लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका उमेश साह गोली लागेका राजेश साहका भाई हुन् । घटनामा प्रयोग भएको मेड इन युएसए ११७० लेखिएको ७.५ एमएम कैलिबरको पेस्तोल एक थान र दुई थान गोली, पेस्तोल प्रयोग हुने म्यागजिन एक थान ईश्वरपुर–११ करमुहानबाट खैरातर्फ जाने बाटोको झाडीबाट प्रहरीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । गोली लागेका साहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ०९ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु