आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु | Khabarhub Khabarhub

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आन्ध्र प्रदेश– भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा ३० जना बेपत्ता भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

६१ पर्यटक सवार डुङ्गा गोदावरी नदीमा दुर्घटना भएको आन्ध्रप्रदेशको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । घटनामा कम्तीमा २० जनालाई सकुशल उद्धार गरेको बताइएको छ ।

प्रहरीका अनुसार आन्ध्र पर्यटन विकास निगमको उक्त डुंगामा ११ जना चालक दलका सदस्य ५० पर्यटक रहेको बताइएको छ । पर्यटकबारे थप जानकारी प्राप्त भइसकेको छैन । हराएकाहरुको खोजी जारी छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुङ्गा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति वेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रूपैँया प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : ३९ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।