प्रकाश दाहाल स्मृति भलिवलः उपाधिका लागि आर्मी र पुलिस भिड्ने | Khabarhub Khabarhub

प्रकाश दाहाल स्मृति भलिवलः उपाधिका लागि आर्मी र पुलिस भिड्ने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र आर्मी भिड्ने भएका छन् ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलि क्लबले नेपाल एपीएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको सेमिफाइनलमा पुलिसले एपीएफमाथि ३–२ को रोमाञ्चक जित हात पार्‍यो ।

यस अघि नै त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । फाइनल खेल सोमबार हुने छ । शनिवारकै लागि तय भएको नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल वर्षाका कारण अवरुद्ध भएपनि आइतबार खेलाइएको थियो ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् ।

विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : १५ बजे

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका