घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर | Khabarhub Khabarhub

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यमा घुस लिएको अभियोगमा विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले उनीहरुलाई सेवाग्राहीसँग रु एक लाख २० हजार घुस लिएको अभियोग लगाएको छ । खरिदार पाण्डेको मिलेमतोमा जग्गा नामसारी गरिदिने प्रयोजनार्थ घुस लिएको पाइएको छ । आयोगले खरिदार जीवनाथ र लेखापढी व्यवसायी कमलप्रसादविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत भरतप्रसाद उपाध्याय र अर्का कर्मचारी राधिकादेवी शर्माले रु छ लाख ५८ हजार ५२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । कार्यादेश नभएको र असम्बन्धित व्यक्तिलाई उनीहरुले भ्रमण भक्ता दिएको अभियोग लागेको छ ।

त्यस्तै आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । फेटा गाउँपालिकाको कार्यालय बारामा रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत रु २५ हजार घुस मागेको अभियोग लागेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ५६ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही