अब दुई लाखभन्दा बढी रकम भुक्तानी गर्न चेक काट्नु नपर्ने | Khabarhub Khabarhub

अब दुई लाखभन्दा बढी रकम भुक्तानी गर्न चेक काट्नु नपर्ने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको छ ।

आइतबार राष्ट्र बैंकले प्रधान कार्यालय बालुवाटारमा एक कार्यक्रमकाबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको हो ।

राष्ट्र बैंकले पहिलो चरणमा ’क’ वर्गका वाणिज्य बैंकहरुका लागि मात्र लागू हुनेगरी यो प्रणालीको सुरुवात गरेको हो । यो प्रणालीले बैंकहरुले गर्ने ठूला कारोबारको सेटलमेन्ट गर्दा ग्राहकले तत्कालै भुक्तानी लिन र दिन सहयोग गर्ने छ । यसबाट व्यवसायी तथा कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि चेक नकाटी भुक्तानी लिन र दिन सक्नेछन् ।

२ लाखभन्दा कम रकमका लागि भने चेक नै जारी गर्नुपर्ने हुन्छ। अहिलेको एकाउन्ट पे चेकको रकम खातामा जम्मा हुन समय लाग्ने र झन्झटिलो प्रक्रियालाई यो प्रणालीले हटाउने छ ।

यो प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार सञ्चालन गर्नुपर्ने हुन्छ ।

यसबाट कारोबार गर्नका लागि बैंक तथा वित्तीय संस्थाले भुक्तानी लिन दिन गरेको लिखित आदेश दिएको औसत १० मिनेटभित्र कारोबार सम्पन्न हुने राष्ट्रबैंकले जनाएको छ । आरटिजिएस प्रणाली भदौ २५ गतेदेखि कार्यान्वयनमा आए पनि औपचारिक घोषणा आइतबार गरिएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : १४ बजे

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत