विविध कार्यक्रम गरी बाल दिवस मनाइयो | Khabarhub Khabarhub

विविध कार्यक्रम गरी बाल दिवस मनाइयो


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– ५५ औं बाल दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ बाल दिवस मनाइएको हो ।

यसैबीच सियारी गाउँपालिका ७ रुपन्देहीको हिरागञ्जमा रहेको लुम्बिनी बाल क्लबले पनि विभिन्न कार्यक्रम गरी बाल दिवस मनायो । क्लबले दिवसको अवसरमा आइतबार बिहान बालबालिकाको अधिकार सम्बन्धी विभिन्न नारा अंकित प्लेकार्डका साथ सियारी गाउँपालिकाका विभिन्न स्थानमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो ।

क्लबले साप्ताहिक रुपमा हुने नियमित कार्यक्रमको पुरस्कार पनि एकमुष्ट रुपमा आइतबार साँझैं एक कार्यक्रम गरी वितरण गरेको क्लबका अध्यक्ष आकाश थापाले जानकारी दिए ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष आकाश थापा, उपाध्यक्ष मेघा भट्टराई, सचिव रिया पुन, कोषाध्यक्ष समिक्षा भण्डारी, सहसचिव विवेक पराजुली, सल्लाहकारहरु गणेश थापा, मेख बहादुर क्षेत्री, करुणा घर्ती मगर, प्रतिभा थापा, अरुण कुमाल, विशाल खाम्चा, अभिभावक यम बहादुर मगर, तारा शर्मा, मीना पाण्डे, श्याम पुन, रिमा थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ५१ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध