सुझाव सुनुवाई नभएको भन्दै सांसदद्वारा सरकारको आलोचना | Khabarhub Khabarhub

सुझाव सुनुवाई नभएको भन्दै सांसदद्वारा सरकारको आलोचना


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले आफूहरुले दिएको सुझावलाई समेत ग्रहण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आईतबारको बैठकमा सांसदहरुले निजामती सेवा ऐनसम्बन्धी विधेयकमाथिको छलफलमा आफूहरुले दिएको सुझावलाई ग्रहण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार सबै क्लस्टरमा महिलाहरुलाई ५० प्रतिशत छुट्टै आरक्षणको व्यवस्था हुने गरी उक्त ऐन संशोधन गर्न दिइएको समितिका सदस्यहरुको सर्वसम्मतिको सुझाव पनि समावेश नगरेपछि सरकारको आलोचना गर्नु परेको सत्तारुढ नेकपाकी सांसद रेखा शर्माले जानकारी दिइन् ।

नेकपाकै अर्का सांसद झपटबहादुर रावलले पटकपटक दिइएको सुझाव सरकारले किन ग्रहण नगरेको ? भनी प्रश्न गरे । उनले आर्थिक रुपले पछाडी परेका सबै समुदायलाई आरक्षणमा राख्नुपर्ने व्यवस्था उक्त ऐनमा गर्न पनि सरकारसँग माग गरे ।

सरकारले पेश गरेको विधेयकमा ४५ प्रतिशत मात्रै आरक्षण सिट राख्ने प्रस्ताव गरिएको छ । त्यसमा ५० प्रतिशत सबै क्लष्टरमा महिलाहरुलाई छुट्याउनु पर्ने सांसदहरुको सुझावलाई सरकारले समावेश नगरेकोमा सांसदहरुको आपत्ति छ । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सरकारले राखेको आरक्षणसम्बन्धी व्यवस्था प्रक्रियामै त्रुटिपूर्ण रहेको दावी गर्दै यसलाई सच्याउन माग गरे ।

यता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै क्लष्टरमा ५० प्रतिशत महिला पुर्‍याउने सम्भावना नभएकाले सांसदहरुको सुझावलाई विधेयकमा समावेश गर्न नसकिएको जवाफ दिएका थिए । उनले उक्त ऐनमा प्रस्ताव गरिएको आरक्षण सम्बन्धी अन्य व्यवस्थामा समितिका व्यापक छलफल गरेर त्यहाँ आएको सुझावलाई समेटेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री पण्डितले अनुभवको आधारमा पनि ४५ प्रतिशत आरक्षणको व्यवस्था गर्न उपयुक्त हुने देखिएकाले सरकारले त्यसमा अडान लिन चाहेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : ५७ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज