स्मार्टफोनको प्रयोगले निम्त्याउन सक्छ यस्तो खतरा | Khabarhub Khabarhub

स्मार्टफोनको प्रयोगले निम्त्याउन सक्छ यस्तो खतरा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिमैत्री बनिरहेको विश्वमा आजकल स्मार्टफोनको प्रयोग ह्वातै बढेको छ ।

स्मार्टफोन प्रयोगको लत लागेका कारण हरहमेशा फोन चलाइरहने प्रयोगकर्तामा यसको कुलत यतिसम्म हुन्छ कि मानिस बिना फोन शौचालय जान समेत सक्दैनन् र खानपान समेत बिर्सिन्छन् ।

यसरी स्मार्टफोनको अत्याधिक प्रयोग गर्दा यसले स्वास्थ्यमा नकारात्मक असर पार्ने चिकित्सक बताउँछन् । स्मार्टफोनको धेरै प्रयोग गर्नेमा के कस्ता रोगको सम्भावना रहन्छ त ?

क्यान्सर तथा मुटुरोग

अत्याधिक मात्रामा स्मार्टफोनको प्रयोग गर्ने मानिसमा यसबाट निस्कने रेडिएसनले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याई क्यान्सर तथा मुटुरोग जस्ता घातक रोग लाग्ने सम्भावना हुन्छ । अझ स्मार्टफोन प्रयोगको लत बसेका मानिसमा हृदयघात समेत हुने सम्भावना रहन सक्छ ।

आखाँको ज्योती गुम्ने

स्मार्टफोनको प्रयोगकर्तामा फोनमा हुने चम्किलो उज्यालोले आँखाको ज्योति गुम्ने खतरा हुन्छ । साथै यसको प्रविधि र साना अक्ष्ँरका म्यासेज तथा फाइल पढ्नाले आखाँमा बल पर्न गई बिस्तारै अन्धोपन हुदै जान सक्छ । स्मार्टफोनको अत्याधिक प्रयोग गर्दा आँखामा साना कालो गोला दागहरु हुने, आखाँको मुनी कालो हुदै जाने तथा आखाँबाट पानि बग्ने समस्याहरु देखिदै जान्छन् ।

श्रवण शक्तिमा समस्या

स्मार्टफोनको प्रयोगकर्ता आजकल मेमोरीमा रहेका श्रब्य अथवा आवाजजन्य सामाग्रि सुन्ने गर्दछन् नियमित रुपमा यसरी फोनबाट अडियो सुन्नाले श्रवण शक्तिमा समस्या भई विस्तारै कानको जाली कमजोर हुँदै जानसक्छ । यसले कान समेत सुन्न नसक्ने बनाउन सक्छ ।

रिसाउने बानी बढ्ने

अत्याधिक मात्रामा स्मार्टफोन मात्रमा झुम्मिने मानिसमा चिढिने वा झनक्क रिसाउने बानी बढ्दै जान्छ । स्मार्टफोनमा मात्र घोरिरहने मानिस परीवार तथा साथिभाईसंग घुलमिल हुन चाहँदैनन् । जसका कारण परिवारमा समय कम दिनाले बिस्तारै परिवारबाट टाढिँदै जाने, रिसाउने, चिढिने तथा झर्किने गर्दछन् ।

नंपुसता हुन सक्छ

सुन्दा पत्यार नलाग्ने तर स्मार्टफोनको धेरै प्रयोग गर्ने मानिसमा यसबाट उत्पन्न हुने रेडिएसनले मानिसलाई नंपुशता समेत बनाउन सक्छ । स्मार्टफोनबाट निस्कने रेडिएसनले पुरुषको टेस्टिस र अक्सिटोसिन हर्मोनलाई क्षति पुर्‍याई नपुंशक बनाउन सक्छ भने महिलालाई पिसाबको संक्रमण हुने तथा गर्भाशायको क्यान्सर समेत हुने खतरा हुन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : ३५ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा