शिवसेनाका अध्यक्षसहित पक्राउ परेका सबैलाई निशर्त रिहा गर्न राप्रपा संयुक्तको माग | Khabarhub Khabarhub

शिवसेनाका अध्यक्षसहित पक्राउ परेका सबैलाई निशर्त रिहा गर्न राप्रपा संयुक्तको माग


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले शिवसेना नेपालका अध्यक्षलगायतलाई प्रहरीले पक्राउ गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भर्त्सना गरेको छ ।

इन्द्रजात्राको अवसरमा राष्ट्रपतिलगायतका विशिष्ट पदाधिकारीविरुद्ध प्रर्दशन गर्न लागेका शिवसेनाका अध्यक्ष अनिल बस्नेतसहितका प्रदर्शनकारीलाई प्रहरीले गत शुक्रबार नियन्त्रणमा लिएको थियो ।

राप्रपा संयुक्तले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी हिरासतमा लिइएका अध्यक्षसहितका व्यक्तिहरुलाई चरम यातना दिइएको उल्लेख गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता रविन चाम्लिङद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत प्रदर्शनमा पक्राउ परेकाहरु सबै जनालाई तत्काल निशर्त रिहा गर्न पनि माग गरिएको छ ।

संविधानद्वारा प्रदत्त नागरिकका मौलिक हक तथा अधिकार प्रयोग एवं उपयोग गर्न निर्वाध, अकुण्ठित वातावरण कायम गर्न, अधिनायकवादी सोच, व्यवहार र प्रवृत्तिको अन्त्य गर्न राप्रपा संयुक्तले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ४ : ३३ बजे

आरल्याण्डले दियो नेपाललाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना