बाँके घटनामा नेकपाका कार्यकर्ता संलग्न हुन सक्छन्, पार्टीले निर्देशन दिएको हैन– गृहमन्त्री थापा | Khabarhub Khabarhub
Logo
८ फाल्गुन २०७६, बिहीबार

बाँके घटनामा नेकपाका कार्यकर्ता संलग्न हुन सक्छन्, पार्टीले निर्देशन दिएको हैन– गृहमन्त्री थापा



काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँकेमा भएको घटना (झडप)मा नेकपा कार्यकर्ता संलग्न हुन सक्ने बताएका छन् ।

घटनामा जोसुकैको संलग्नता भए पनि दोषी देखिएकाहरुलाई कारबाही गरिने पनि गृहमन्त्री बादलले प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले बाँके घटना सत्तारुढ दल (नेकपा)को कुनै निर्देशन दिएर नभएको पनि स्पष्ट पारेका छन् ।

‘सरकारले बाँकेमा भएको घटनालाई सरकारले गम्भीर रुपले लिएको छ । नेकपाले कुनै निर्णय गरेर नेपाली कांग्रेसको कार्यक्रमलाई विथोल्ने भन्ने रुपमा यो घटना भएको हैन,’ गृहमन्त्री थापाले भने, ‘यो घटनामा संलग्नहरु नेकपाका कार्यकर्ता हुन सक्छन् ।’


भर्खर

0